जगरनाथपुर गाउँपालिकाको आयोजना र मधेशखबर मल्टिमिडिया प्रा.लिको समन्वयमा सोमबार वडा नम्बर ३मा गढैयामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा, सुझाव तथा जिज्ञासालाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम जगरनाथपुर–३ गढैया स्थित सामुदायिक बिद्यालयको मैदानमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले राखेका थिए भने कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले गरेका थिए। मधेशखबर मल्टिमिडिया प्रा.लिको .अध्यक्ष एवं पत्रकार क्रान्ति साहले सहजीकरण गरेको कार्यक्रममा स्थानियहरुले मल खादको व्यवस्थापन तथा उन्नत जातको बिउ बिजन सहज ढंगले उपलब्ध गराउन माँग गरेका थिए ।
बिकाश निर्माण तथा स्कुलको लाईन काटिदा गर्मीयाममा बिद्यार्थीहरुले भोगेका समस्याहरुबारे प्रमुख यादव लाई ध्यानाकर्षण गराएका थिए । यसैगरी वडा कार्यालयमै ईन्भर्टर नहुदा लाईन गएको बेला सेवाग्राहीहरुलाई हुने दुख बारे पनि स्थानियहरुले प्रश्न गरेका थिए । सरकारी बिद्यालयहरुमा दिवा खाजामा शिक्षकले गरेको बादमासी बारे पनि स्थानियले प्रश्न गरेका थिए ।
कार्याक्रममा उपस्थ्ति महिलाहरुले आर्यआर्जनका लागि तालिमको व्यवस्था गरिदिन प्रमुख र उपप्रमुख संग आग्रह गरेका थिए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको नागरिक सुनवाई कार्यक्रममा स्थानियहरुले सिमावर्ती क्षेत्रका सशस्त्र प्रहरी र जनपद प्रहरीले स्थानियलाई दुखः दिने गरेको तथा तस्करसंग आर्थिक लाभ लिई तस्करी गराएको आरोप लगाएका थिए ।
स्थानियको प्रश्नको जवाफ दिदै प्रमुख यादवले पालिकामा देखिका समस्या चाडै समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।यादवले स्कुल र वडामा देखिएका समस्याहरु तत्काल समाधान गर्न कर्मचारीहरुलाई निर्देशन दिए । यसैगरी एस.पी गौतम मिश्रले स्थानियले दिएको सुझावलाई मन्न गर्दै प्रहरीले बदमासी गरेको भेटिए कारवाही गर्ने बताए ।
सार्वजनिक सुनुवाईमा स्थानीय सर्वसाधारणहरूले विभिन्न विषयमा जिज्ञासा राखेका थिए, जसमा प्रशासन, सुरक्षा, सेवा प्रवाह, विकास निर्माण लगायतका विषय समेटिएको थियो। उपस्थित जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूले नागरिकका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिएका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल, नेपाली काँग्रेसका नेता प्रेम बहादुर थापा, गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा अध्यक्ष बिहारी मुखिया नुनिया, बिरगंज जेसिजका अध्यक्ष सरोज चौरसिया लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय जनसमुदाय, गाउँपालिका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन पत्रकार क्रान्ति साहले गरेका थिए।