वीरगञ्ज– “खेली मधेस, जिति मधेस” भन्ने नाराका साथ वीरगंजमा आयोजित अन्तर प्रदेश महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिताको दोस्रो दिन सोमबार सिद्धार्थ माध्यमिक बिधालयको कवर्ड हलमा खेल जारि रहेको छ ।
मंगलबार अन्तिम खेल सम्पन्न हुने भएको छ। महिला तर्फको खेल प्रतियोगिताको दोस्रो दिन सोमबार भएको महिला ६३ केजी समूहमा सन्तोषी कुमारी यादवले ५५ केजी स्न्याच र ७५ केजी क्लिन एण्ड जर्क गरी कुल १३० केजी तौल उठाएर प्रथम स्थान हासिल गरिन्। त्यस्तै, परमिता कुमारी रामले कुल १०० केजी तौल सहित दोस्रो र सामना थारुले ७८ केजी सहित तेस्रो स्थान प्राप्त गरिन्। ६९ केजी महिला तौल समूहमा सुनिता हसदाले ८४ केजी तौल उठाएर पहिलो स्थान हासिल गरिन भने कल्पना चौधरीले ७५ केजी सहित दोस्रो स्थान हासिल गरेकी थिईन । पुरुष तर्फको खेल ६० केजि तौल पुरुष समुहमा भएको खेल प्रतियोगितामा राम कुमार यादवले ९१ केजि स्न्याच र १०२ क्लिन एन्ड जर्क गरि कुल १९३ केजि तौल उठाएर प्रथम स्थान हासिल गरेका थिए भने मोहन यादवले १५५ केजि सहित दोस्रो र समीर सिंह बागवानले १५० केजि सहित तेस्रो स्थान प्राप्त गरेका थिए ।
६५ केजी तौल पुरुष समूहमा हेम नारायण यादवले ९८ केजि स्न्याच र १२१ क्लिन एन्ड जर्क गरि कुल २१९ केजी तौल उठाएर प्रथम स्थान हासिल गरे। दिपेश धटाल ७९+१०५ गरि कुल १८४ केजी सहित दोस्रो र लवज यादवले ७५+८० गरि कुल १५५ केजी सहित तेस्रो स्थान प्राप्त गरे।
७१ केजि तौल पुरुष समुहमा अशोक भण्डारीले १०२ केजि स्न्याच र १२५ क्लिन एन्ड जर्क गरि कुल २२७ केजि तौल उठाएर प्रथम, अजय नगरकोटिले १६४ केजि तौल सहित दोस्रो र अशोक कुमार यादव १६० केजि तौल उठाएर तेस्रो भएका थिए ।
७९ केजि तौल पुरुष समुह खेल प्रतियोगितामा हेमन्त पालले २४८ केजि तौल उठाएर प्रथम भएका थिए भने निरज गुप्ता २१० केजि तौल सहित दोस्रो र सुरज वैश्य १९६ केजि तौल सहित तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगितामा महिला तर्फ ४८, ५३, ५८, ६३, ६९, ७७ र ८६ केजी तथा पुरुष तर्फ ६०, ६५, ७१, ७९, ८८, ९८ र ११० केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहेको छ। खेलहरूInternational Weightlifting Federation (IWF) र Asian Weightlifting Federation (AWF) का नियमअनुसार संचालन भइरहेका छन्।
महिला र पुरुष दुवै तर्फबाट ८ स्वर्ण, ८ रजत र ८ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ। तेस्रो दिन हुने प्रतियोगितामा महिला तर्फ ७७ केजि र ८६ केजि तौल समुह र पुरुष तर्फ ८८ केजि ९८ केजि र ११० केजि तौल समुह बीच खेल हुने छ र खेल पनि सोही दिन असार १७ गते बिजेताहरुलाई प्रमाणपत्र र मेडल सहित बितरण गरिने मंगलबार समापन हुने आयोजकले जनाएको छ। खेलाडीहरुलाई उत्प्रेरित गर्ने उदेश्यले अहिले सबै प्रदेश बाट खेलाडीहरुलाई अगाडि बढाउने योजना रहेको आयोजकले बताएको छ।