जगत राई
वीरगंज, असार २५
वीरगंज मधेश विश्व विद्यँलय वीरगंज पर्सा, मधेश प्रदेश नेपालको आयोजनामा बुधवार रानीघाट स्थित विन्दवासिनी होटलमा कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मधेश विश्व विद्यालयका उपकुलपति प्रध्यापक डा. दिपक शाक्यको अध्यक्षता तथा नेपाल बार ऐशोसिएशन उच्च अदालत वीरगंजका अध्यक्ष्ँ शैलेन्द्र कुमार वर्माको प्रमुख आतिथ्यमा उक्त कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथी वर्माले कानुन विषयका विद्यार्थीहरुलाई यसरी एकै थलोमा विभिन्न कानुनका बारेमा आ–आफ्नो प्रतिभाहरु प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा मधेश विश्व विद्यँलयलाई धन्यवाद दिनु भएको थियो । यस्ता प्रतियोगिताले विद्यँर्थीहरुमा लुकेको आफ्नो प्रतिभाहरु पस्कन सक्ने अवसरहरु प्रदान हुने बताएका हुन् ।
उक्त प्रतियोगितामा नेपाल बार एशोसिएशन पर्साका अध्यक्ष्ँ रामनारायण कुर्मी, मधेश विश्व विद्यँलयका सह–प्रध्यापक डा. अनाज मिश्रा, सह–प्रध्यापक दिपेश कर्ण, मधेश विश्व विद्यालयका रजिष्टार विजय यादव, संजय कुमार गुप्ता, अनिता साह, ज्ञनदा एकेडेमिका प्रतिभा चौरसिया, ममता विद्या मन्दिर +2 का मेनुका ठाकुर, डेसिमल कलेजका अखिलेश पाण्डे, पि.एम.सि. का आतुशोष यादव, वीरगंज सेन्टर कलेजका राहुल यादव लगायतको उपस्थिति रहेको थियो भने प्रतियोगितामा प्रथम डेसिमल कलेज, दोस्रो ममता विद्या मन्दिर+2 , तेस्रो वीरगंज सेन्टर स्कुल +2 भएको थियो ।