युवा स्पोर्ट्स क्लब बीरगंजको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक क्लबको आफ्नै भवनमा सम्पन्न भएको छ। बैठकले क्लबको आगामी योजना र गतिविधिहरूलाई लक्षित गर्दै १० बुँदे महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
बैठकले क्लबले विगतमा सञ्चालन गर्दै आएको तर विभिन्न कारणले स्थगित भएको स्व. पन्नालाल स्मृति फुटबल प्रतियोगिता, लक्ष्मण थापा गोल्डकप, स्व. गोपाल गिरी बाल फुटबल प्रतियोगिता, र शहीद थीर बम मल्ल वडा स्तरीय फुटबल प्रतियोगिता पुनः सुरु गर्ने निर्णय गरेको छ।
यस्तै, क्लबको कार्यसम्पादनलाई प्रभावकारी बनाउन बैठकले तीनवटा समिति गठन गरेको छ । बैठकले रमेश श्रेष्ठ अध्यक्ष रहनेगरि आर्थिक समिति गठन गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षस् रुपक पाण्डे,प्रथम उपाध्यक्ष सुरज मानन्धर,महासचिव बिनोद परियार,कोषाध्यक्ष विजय बिश्वकर्मा,तृतीय उपाध्यक्ष विकास रौनियार,कार्यकारिणी सदस्य शुशिल श्रेष्ठ रहेका छन । यसैगरी खेलाडी समन्वय समितिमाद्वितीय उपाध्यक्षस्मा लखन चौधरी सहकोषाध्यक्ष राजेस जोशी,सचिव राजिव लाखे,सह९सचिव विजय श्रेष्ठ,सदस्यहरू रुपेन्द्र लालचन, सुरज श्रेष्ठ रहेका छन ।
यसैगरी सल्लाहकार समितिमा क्लबको अनुभव र मार्गदर्शनलाई सुदृढ बनाउन बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ। यसमा पूर्व अध्यक्षहरू दिनानाथ रौनियार, मधुकृष्ण महर्जन, बसन्त लामा, सुमन श्रेष्ठ, जगरनाथ प्रसाद कानु, सञ्जय थापा र प्रमोद परियार रहेका छन्।
अन्य सल्लाहकार सदस्यहरूमा श्रीहरी पौडेल, द्वारिका प्रसाद कलवार, विधीचन्द सहनी, बासुदेव रौनियार, कमल अधिकारी, गजेन्द्रमान सिंह, प्रदुमन सेढाई, किसन गुप्ता, उमेश सिंह, मेघराज श्रेष्ठ, श्याममान सिंह, उत्तम श्रेष्ठ, सञ्जय अधिकारी, गणेश श्रेष्ठ, मनोज भट्टराई, अनिल कलवार छन्।
त्यस्तै, मानार्थ वडा अध्यक्षहरूमा जवाहर प्रसाद गुप्ता, पूर्व वडा अध्यक्ष मनोज कुमार कलवार र वडा अध्यक्ष जगत प्रसाद कानु रहेका छन्। यसैगरि बैठकले बीपी उद्यान पार्कमा बालबालिकाका लागि खेल मैदान निर्माण गर्न बीरगंज महानगरपालिकालाई औपचारिक अनुरोध गर्ने, दिवंगत खेलाडीहरूलाई सम्मान स्वरूप क्लबमा तस्बिर राख्ने,पूर्व अध्यक्षहरूको योगदान स्मरण गर्न फोटो राख्ने , क्लबको नयाँ जर्सी खरीद गर्ने,जीर्ण क्लब भवनको मर्मत, रंगरोगन तथा अन्य भौतिक संरचनाको सुधार गर्ने , बैठकले क्लबको समग्र क्रियाकलापलाई अझ प्रभावकारी, समावेशी र दीर्घकालीन बनाउने लक्ष्य राखेको जनाएको छ।