आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान १० बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ।
बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानून आयोगसँग छलफल र नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव संकलन तथा सो सम्बन्धमा छलफल हुने कार्यसूची छ।
त्यस्तै समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने, सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको हालसम्मको प्राप्त प्रगति विवरण सम्बन्धमा छलफल, समसामयिक विषयमा छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेश गर्ने, राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल हुनेछ।
दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वनको अवस्था र समितिको कामकारबाहीको समिक्षा सम्बन्धमा छलफल हुनेछ।