वीरगंजस्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० राधेश्याम धिमालको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको छ। सुरक्षाक्षेत्रमा उत्कृष्ट योगदान र सामाजिक उत्तरदायित्वप्रति देखाएको समर्पणका लागि उनलाई एक विशेष समारोहका बीच विदाई गरिएको हो।
कार्यक्रम नेशनल मेडिकल कलेजका अध्यक्ष प्रोफेसर डा। जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. ईसरत जहाँ अन्सारी, एकेडेमिक डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक प्रो. डा. के.एन. सिंह, विभिन्न सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
वक्ताहरूले धिमालको कार्यकाललाई वीरगंजको सुरक्षाको दृष्टिकोणबाट अत्यन्तै सफल र उदाहरणीय ठहर गर्दै, उनले शान्ति, सुरक्षा र समुदायसँगको सहकार्यमा देखाएको योगदानको प्रशंसा गरे।
कार्यक्रमको समापनमा बोल्दै एसपी राधेश्याम धिमालले नेशनल मेडिकल कलेज परिवारप्रति आभार व्यक्त गर्दै भने, सामाजिक संस्थाहरूको सकारात्मक सहकार्यले प्रहरी प्रशासनको काम अझ प्रभावकारी र जनमुखी बन्नेछ।
कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीका अनुसार, धिमालले समुदायप्रतिको उत्तरदायित्व र सेवाभावमार्फत प्रहरी र जनताबीचको सम्बन्ध बलियो बनाउने काम गरेका थिए, जसको स्मरण सधैं रहनेछ।