गौतम माध्यमिक विद्यालय, वीरगंजमा विद्यार्थी परिषद् २०८२ को पदभार ग्रहण, शपथ तथा ब्याच वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको सभागृहमा आयोजित उक्त कार्यक्रममा नव निर्वाचित विद्यार्थी प्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वप्रति समर्पण व्यक्त गरेका थिए।
समारोह विद्यालयका प्रधानाध्यापक एवं परिषद्का अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा नेपाली सेनाकी मेजर श्रीमती रेनु शाहको उपस्थिति थियो। प्रमुख अतिथि शाहले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी र सेवाभावको चेतना अभिवृद्धि गर्ने धारणा राखिन्।
कार्यक्रममा हेड ब्वाय नमन श्रेष्ठ र हेड गर्ल नियासना श्रेष्ठले एकता, उत्कृष्टता र प्रेरणाको भावना बोकेर नेतृत्व गर्ने प्रतिवद्धता जनाए। विभागीय प्रमुखहरूको तर्फबाट शैक्षिक, अनुशासन, खेलकुद, ईसीए, सामाजिक सेवा र डिजिटल वेलनेस विभाग अन्तर्गत रहेका प्रिफेक्टहरूले आ–आफ्नो जिम्मेवारीमा निष्ठापूर्वक कार्य गर्ने संकल्प दोहोर्याए।
कार्यक्रममा विद्यालयका चार हाउस—कर्णाली ९रेड०, कोशी ९ब्लु०, गण्डकी ९ग्रीन० र नारायणी ९येलो० अन्तर्गत निर्वाचित मनिटर तथा विभागीय प्रमुखहरूलाई ब्याच प्रदान गरिएको थियो।
समारोहमा वरिष्ठ शिक्षकहरू रमेश शर्मा, सौराज प्रधान, एलबिन रेन्जर, ललित कर्ण, सुनिल सर लगायत सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। पत्रकार निरज पिठाकोटे मगर, अभिलाष गुप्ता, मानवसेवा आश्रमका देवेश गुप्ता, एलाड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झा विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक सौराज प्रधानले गर्नुभएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले मूल्य, नेतृत्व र सामाजिक सहभागिताको संस्कार विकासमा महत्वपूर्ण योगदान गर्ने बताएका छन्।