सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाको आयोजनामा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर १०, वीरगंजको सहकार्यमा वीरगंज शहरलाई हरियाली बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सम्पन्न भएको छ। कार्यक्रम वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत छिमेकी मुलुक भारतको सीमा नाका रक्सौलदेखि वीरगंजको जिल्ला हुलाक कार्यालयसम्म डेनवान सरसफाइ अभियानू सञ्चालन गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो।
कार्यक्रममा भारतका महावाणिज्य दूत,डि.एस. मिना, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, वीरगंजका सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंजका प्रहरी निरीक्षक,लोकराज भट्ट, वडा प्रहरी कार्यालय, वीरगंज प्रहरी निरीक्षक,निरोज चौलागाईं, वीरगंज महानगरपालिका नगर प्रहरी निरीक्षक हरि प्रसाद भुसाल, वीरगंज महानगरपालिका सरसफाइ अधिकृत, सर्फुदिन मियाँ, वीरगंज महानगरपालिका वातावरण शाखा अधिकृत,प्रकाश ऐरी, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सदस्य, सुशील कादमियाँ, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य त्रिलोक चन्द दरूका ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सदस्य कमल चौगाइ नेपाल इनोभेटीका अध्यक्ष वीरगंज पर्सा कर्मी मुकेश खेतान ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सदस्य जलेन्द्र कुमार सिंह ज्यू वीरगंज महानगरपालिका शिव गुप्ता वीरगंज महानगरपालिका साझेदारी वसन्त प्रसाद उपाध्या समाज सेवी प्रहरीबरिष्ठ हवल्दार प्रेम राम ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा प्रहरी सहायक हवल्दार अजिता घिमीरे लगायत करिब २५० जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूमा नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका नेतागण, सुरक्षा निकायका पदाधिकारीहरू, र स्थानीय प्रशासनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।कार्यक्रमको उद्देश्य शहरलाई स्वच्छ, हरित र सुरक्षित बनाउने मात्र नभई, समुदाय र सुरक्षाकर्मीहरूबीचको साझेदारीलाई अझ सुदृढ गर्नु रहेको आयोजकहरूले बताएका छन्।