वीरगञ्ज– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) छात्रवृत्ति घोषण परीक्षा २०८२ शनिबार, साउन १० गते वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।
राधेमाईस्थित एस.आर. ग्यालेक्सी एकेडेमी परिसरमा परिक्षा सम्पन्न भएको हो। परिक्षालाई मर्यादित र सभ्य बनाउन प्याब्सन वीरगञ्ज महानगर समिति र प्याब्सन पर्सा जिल्ला समितिको संयुक्त समन्वयमा छात्रवृत्ति परीक्षा सम्पन्न भएको छ। यो वर्ष देखि शुरुआत गरेको उक्त प्याब्सन छात्रवृत्ति घोषण परिक्षामा करिब चार सयभन्दा धेरै विद्यार्थीहरू परिक्षामा सहभागिता रहेको छ।
प्याब्सनले अब प्रत्येक वर्ष प्याब्सन छात्रवृत्ति घोषण सञ्चालन गर्ने प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तवले बताएका छन् । सामुदायिक बिधालय तथा गरिव विपन्न गरिवका छोराछोरी पढ्ने अपेक्षा लिएको अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ। विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर सुलभ गराउने उदेश्यले यस वर्षको परीक्षा कार्यक्रमले झनै प्रभावशाली रूपमा उपस्थित भई समाजमा प्याब्सनले समाजका लागि पनि सकारात्मक सन्देश जायोस भन्ने लक्ष्य लिएर काम गरेको बताए ।
परीक्षा बिहान १०:३० बजेबाट शुरु गरिएको परिक्षामा विद्यार्थीहरु उल्लेखनीय उपस्थित भएका छन् । परीक्षा मर्यादित संचालन गर्न सम्पूर्ण प्रक्रिया सुरक्षा, गोपनीयता र निष्पक्षताका साथ सम्पन्न गरिएको अध्यक्ष श्रीवास्तवले बताएका हुन ।
प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष श्रीवास्तवले जानकारी दिए अनुसार यो छात्रवृत्ति परीक्षा सबैका लागि समान अवसर भएकोले हामीले कल्पना गरे भन्दा पनि धेरै उत्साहजनक सहभागी भएको पाएको अध्यक्ष श्रीवास्तवले बताएका छन् हामी यसमार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूलाई निजी विद्यालयहरूमा छात्रवृत्तिसहित अध्ययन गर्ने मौका दिन चाहन्छौँ।”
परीक्षामा वीरगञ्ज उपमहानगरपालिका लगायत बाराको केही नजिकका स्थानीय तहहरूबाट समेत विद्यार्थीहरू सहभागी भएका थिए।विशेषतः कक्षा १० पास गरेका विद्यार्थीहरूले यो छात्रवृत्ति परीक्षामा सहभागी हुने अवसर मिलाउने काम गरेको बताएका छन् ।
परीक्षाको सम्पूर्ण व्यवस्थापनमा प्याब्सनका पदाधिकारी, शिक्षकहरू, विद्यालय प्रतिनिधिहरू, स्वयंसेवकहरू, तथा विद्यार्थी अभिभावकहरूको उल्लेखनीय योगदान देखिएको थियो।
परीक्षाको नतिजा आउने शुक्रबार सार्वजनिक हुने छ।सार्वजनिक भएपछि, उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्याब्सन अन्तर्गतका विभिन्न निजी कलेजहरुमा पूर्ण छात्रवृत्ति दिइनेछ।छात्रवृत्तिका आधारहरूमा लिखित नतिजा मुख्य आधार रहनेछ।
परीक्षा स्थलमा प्याब्सनका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उपस्थित प्रमुख प्रतिनिधिहरूमा निम्न व्यक्तिहरू थिए प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव,सचिव अमित आलोक,एस.आर. ग्यालेक्सी एकेडेमीका प्रिन्सिपल शर्मानन्द कुशवाहा,तथा व्यवस्थापक एवं शिक्षकहरुको उपस्थिति रहेको थियोे।
परीक्षाको दिन बिहानैदेखि परीक्षा केन्द्रमा विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय भिड देखिएको थियो।
अभिभावकहरूले यस्तो छात्रवृत्ति परीक्षाले आफूजस्ता निम्न आय भएका परिवारका बालबालिकालाई पनि गुणस्तरीय निजी शिक्षालयमा अध्ययनको अवसर दिन सक्ने भन्दै खुसी व्यक्त गरेका थिए।
छात्रवृत्ति परीक्षा २०८२ को सफल सञ्चालनले वीरगञ्ज र आसपासका क्षेत्रका मेधावी विद्यार्थीहरूलाई समान अवसर, गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको ढोका खोल्ने मार्ग प्रशस्त गरेको छ।प्याब्सनको यस्तो प्रयास शिक्षामा समावेशीकरण र सामाजिक उत्तरदायित्वको उदाहरणीय नमूना बनेको छ।