पर्सा – वीरगञ्ज नाका हुँदै गएको आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार चार सय ७३ किलोग्राम धान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा गएको आर्थिक वर्षमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा आठ अर्ब २९ करोड रुपैयाँ बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलो धान आयात भएको थियो । कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गएको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा धान र चामल दुवैको आयात बढेको जानकारी दिनुभयो ।
गएको आर्थिक वर्षमा धान मात्रै नभएर चामल आयात पनि बढको छ । आर्थिक वर्ष २०८१र८२ मा दुई अर्ब ४१ करोड रुपैयाँ बराबरको दुई करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ७३ करोड रुपैयाँ बराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७६ किलोग्राम चामल आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा ४० प्रतिशतले चामल आयात बढेको छ । गएको आर्थिक वर्षमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको १३ करोड ९६ लाख ५९ हजार छ सय २१ किलो मकै आयात भएको छ ।
अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब ५९ करोड रुपैयाँ पर्ने १२ करोड ९९ लाख १८ हजार एक सय ७३ किलोग्राम मकै आयात भएको थियो । गएको आर्थिक वर्षमा ४७ करोड रुपैयाँ बराबरको ९१ लाख ९२ हजार नौ सय ८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।
अघिल्लो आर्थिक वर्षमा ४३ करोड रुपैयाँ बराबरको ८४ लाख ९५ हजार चार सय ४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो । त्यसैगरी गएको आर्थिक वर्षमा चार करोड रुपैयाँ बराबरको आठ लाख ४७ हजार सात सय ८० किलोग्राम कनिका आयात भएको छ ।