वीरगञ्ज : ज्ञान्दा एकेडेमी +२ कलेजले आज स्थानीय होटल मकालुमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण तथा विद्यार्थीहरूलाई सम्मान कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र एकेडेमीका प्राचार्य राजेन्द्र कोइरालाले संयुक्तरूपमा गर्नुभएको थियो ।कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै शिक्षा जीवनको मूल आधार भएको र यस यात्रामा कठिन परिश्रम, लगनशीलता र आत्मअनुशासन आवश्यक रहेको कुरामा जोड दिनुभयो।
अभिमुखिकरण कार्यक्रममा एकेडेमीका शैक्षिक समन्वयक, विभागीय प्रमुखहरू तथा वरिष्ठ शिक्षकहरूले विद्यालयको संरचना, पठनपाठनको तरिका, परीक्षा प्रणाली, समयतालिका, अनुशासन, क्लब तथा अतिरिक्त क्रियाकलापहरूबारे जानकारी गराएका थिए। साथै, वरिष्ठ विद्यार्थीहरूले आफ्नो अनुभव साझा गर्दै नयाँ विद्यार्थीहरूलाई आत्मविश्वासी भएर अघि बढ्न प्रेरणा दिएका उत्कृष्ठ नतिजा ल्याउने इन्टर टप तथा एकेडेमी टप विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी, तथा पुरस्कार प्रदान गरिएको हो ।
इन्टर टप कानुन बिषयका विद्यार्थी निकिता पटेल ,ज्योति पटेल ,मेनेजमेन्ट रोशनी साह,ज्योति साह र एकेडेमीका टप साइन्स बिषयका विद्यार्थीहरु रिमा रजक,कानुन बिषयका सिद्धान्त साह,मेनेजमेन्टका विद्यार्थीहरुलाई अवार्ड प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल द्वारा शिल्ड र प्रमाणपत्रले सम्मानित गर्नुभएको थियो । सम्मानित विद्यार्थीहरूले पुरस्कार ग्रहण गर्दै आफ्नो मेहनत र गुरुजनहरूको मार्गदर्शनलाई सफलताको मुख्य आधार भएको बताए।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न शैक्षिक क्षेत्रका उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास र अनुशासनको विकासमा ठूलो भूमिका खेल्ने बताइन्।विद्यालयको प्रतिबद्धताज्ञान्दा एकेडेमीले प्रत्येक शैक्षिक सत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले विद्यार्थीहरूको शैक्षिक तथा समग्र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्दै आएको छ। एकेडेमीले आगामी दिनमा पनि नवप्रवेशीलाई लक्षित अभिमुखिकरण, नेतृत्व विकास, करियर मार्गदर्शन तथा विविध बिषयहरुमा एकेडेमी सधैं अगाडि रहेको प्रिन्सिपल कोइरालाले जनाएको छन ।
