सहकारी क्षेत्रमा सरकारले पुरानो नियम तथा ऐनहरु संशोधन नगरी पुन नयाँ लेखन प्रक्रिया गर्न लागेकामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले केही बुदामा संशोधन गर्नुपर्ने उल्लेख रहेको छ ।जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजनामा शनिबार ओमशिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित सहकारी विभाग दुारा जारी गरिएको एकीकृत निर्देशन २०८२ सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष हरेराम पटेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका संचालक शम्भु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि गुप्ताले अहिले सरकारले नयाँ सहकारी ऐन लागू गर्न लागेकोमा सबै सहकारी संस्थाका संचालकहरुले उक्त नियमावलीको बारेमा बुझ्नुपर्ने र केही बुदामा संशोधन गर्नुपर्ने भएकोले अहिले उक्त नियमावली संशोधन गर्न समिति गठन गरेर फेरि पुन लेखन गर्ने कि त्यसैलाई संशोधन गर्ने किभन्ने बारेमा संघका पदाधिकारीहरुलाई आग्रह र अपिल गरेका छन् ।
सहकारी विभाग र अन्तरिक राजस्व संग नियम बाझिएकोले त्यसलाई गम्भीरतापूर्वक हेर्ने र उक्त समितिले चाडैं संशोधन गरि महासंघ र सरकारलाई ध्यानाकर्षण गर्न जरुरी रहेको गुप्ताले बताएका छन् ।त्यसैगरी शिवम बचत तथा ऋण सहकारी संस्थाका राजेन्द्र जैसवालले उक्त नियमावलीको बारेमा केही बुदाहरु सहकारी संस्थाको हकमा राम्रो रहेको र केही बुदामा संशोधन गर्न अति आवश्यकता रहेको बताएका छन् ।
हामीले अहिले यसलाई गम्भीरतापूर्वक नलिए पछि सहकारी संस्थाहरुलाई समस्या आउन सक्ने भएकोले बेलामा सहकारी संस्थाका संचालकहरु जिल्ला बचत तथा ऋण सहकारी संघका जिम्मेवारी ब्यक्तिहरुले यो सहकारी विभाग दुारा जारी गरिएको एकीकृत निर्देशनमा पुरानो ऐन लाई संशोधन नगरी पुन नयाँ लेखन भएकोले यसबारेमा चाडैं पहल गर्न अति आवश्यकता रहेको बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा पुर्व जिल्ला अध्यक्ष राजेश पण्डित ,नागनारायण सिंह ,नरेश चौरसिया,मनोज गुप्ता ,सुरेश प्रसाद कोइरी,श्रीकान्त प्रसाद,दिलिप कार्की ,दिपकराज भन्डारी,जितेन्द्र कुमार ,रमेशकुमार दत,दिपेन्द्र कुमार चौहान,हृदयनारायण साह,विकास पटेल लगायतले आ,आफ्नो सुझाव राय राख्नु भएको थियो ।कार्यक्रमको सहजिकरण संघका प्रबन्धक रामअनुप यादवले गरेका थिए।
व्बनबत
व्बनबत