रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसको २०२५/२०२६ को लागि अध्यक्षमा समाजसेवी संजय जोशी चयन भएका छन् । स्थानीय होटल पुजनमा आयोजित एक समारोहमा २३ औँ पद हस्तान्तरण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
अध्यक्ष जोशीको अध्यक्षता तथा डिष्टिs गर्भन नोमनीका डाक्टर इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यमा उक्त पद हस्तान्तरण समारोह सम्पन्नमा सबै पदाधिकारीहरुलाई सपथग्रहण गराउने क्रममा रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसले सामाजिक क्षेत्रमा राम्रो काम गर्ने विश्वास रहेको बताएका छन् ।
अहिले देशव्यापी रोटरी क्लबले धेरै उपलब्धि गदै आइरहेकोमा यहाँ पनि धेरै राम्रो काम हुने अपेक्षा राखेको डाक्टर ढकालले बताएका हुन । अध्यक्ष चयन भएका संजय जोशीले बीरगंज मात्र नभइ पर्सा जिल्ला भरि विभिन्न सामाजिकआर्थिक रुपमा पछाडि परेका मानवीय क्षेत्रमा सहयोग गर्नुका साथै शिक्षा ,स्वास्थ्य तथा अन्य क्षेत्रमा आफ्नो पुर्ण रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।संजय जोशीको नेतृत्वमा २२ सदस्य बोर्ड डाइरेक्टर गठन भएको छ।
बोर्ड डाइरेक्टरमा डाक्टर देखि इन्जिनियर ,समाजिक अभियानताहरु रहेका छन् ।पद हस्तान्तरण समारोहमा एजी धनबहादुर श्रेष्ठ ,एजी ,रामप्रसाद शर्मा ,ज्याइन सेकेट्री रेवन भट्टराई ,वरिष्ठ पत्रकार जगदीश शर्मा लगायतको विशेष उपस्थित रहेको थियो ।रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसमा नारायणी अस्पतालका निवर्तमान मेसु डाक्टर चित्ररन्जन साह,डाक्टर कमलेश दन्त ,नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंह ,डाक्टर निरज सिंह ,डाक्टर चन्दन बनर्जी,डाक्टर मनोज कुमार उपाध्याय लगायत ६ जना डाक्टरहरु समेत उक्त रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसमा प्रवेश गरेका छन् ।कार्यक्रमको सहजिकरण रिसु अग्रवाल र बिना प्रजापतिले गरेकी थिइन् ।