नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रथम जिल्ला भेलाले जिल्ला संयोजकमा प्रतिमा गुप्तालाई सर्वसहमतिबाट चयन गरेको छ। जिल्ला समन्वय समितिको सभा हलमा विश्वको महिलाहरु एक होऔ भन्ने मुलनाराका साथ आइतबार अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समितिको प्रथम जिल्ला भेला पर्सा सम्पन्न भएको हो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्लाका अध्यक्ष हिराभट्टराईको अध्यक्षता तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवम् मधेस प्रदेशका इन्चार्ज रुवी कर्णको प्रमुख आतिथ्यमा उक्त जिल्ला भेला सम्पन्न भएको हो ।भेलाको उदघाटन गदै कर्णले मधेसमा दाइजो विकराल भइरहेकोले यसलाई रोकथाम गर्न अति आवश्यकता रहेको बताए ।
सरकारले बहुबिवाहा विधेयक ल्याउन लागेकोमा आफ्नो अखिल नेपाल महिला संघ क्रान्तिकारी र ब्यक्तिगत रुपमा घोर आपत्तिजनक रहेको बताएका छन् । यसलाई रोक्न सडक देखि सदन सम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । यो विधेयकले महिला माथि झन् शोषण गर्ने भएकोले बेलामा रोक्न पहल गर्नुपर्ने बताएका हुन ।
माओवादीले ल्याएको समानुपातिक समावेशी दलित ,आदिवासीजनजाति ,मुस्लिम मधेसी ,अल्पसंख्यक ,महिला जनयुद्ध बाट पाएको उपलब्धि अहिले पनि विभेदकारी भइरहेको बताएकी छिन् ,कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज बिजय महतो,वैकल्पिक केन्द्रीय सदस्य रामबाबु बैठा,वैकल्पिक केन्द्रीय सदस्य बावुराम कौशिक,केन्द्रीय सदस्य शेषचन्द तारा,जयनारायण चौधरी ,जिल्ला इन्चार्ज दुर्गा क्षेत्री ,पुर्व संसद परमिना खातुन ,शरिफगढी अखिल नेपाल महिला संघ क्रान्तिकारी मधेस प्रदेशका अध्यक्ष सिला खनाल सन्तोष पासवान ,प्रेस सेन्टर नेपालका पुर्व केन्द्रीय सदस्य जगत राई,जिल्ला अध्यक्ष शिवनाथ यादव ,लगायतले शुभकामना तथा आ,आफ्नो धारणा राख्नु भएको थियो ।
भेलाले प्रतिमा गुप्ताको संयोजकमा ७५ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ।सहसंयोजक बालकुमारी माझी ,सचिव मुस्कान खातुन ,सदस्यहरु कविता भट्टराई ,सन्नी देवी मण्डल ,इन्दीरा चौरसिया,सुनिता साह,सवनम खातुन ,गंगा भट्टराई ,किरण देवी पटेल ,सविता भट्टराई ,सरोज पासवान ,पानादेवी मण्डल ,सरस्वती देवी ,सुरज मुखी,क्रान्ति देवी ,तबसुग ठकुराई लगायत ७५ जना रहेका छन् ।कार्यक्रमको स्वागत मनतब्य कान्छी माया थिङ्गले गरेकी थिइन् भने सहजिकरण प्रतिमा गुप्ताले गरेकी थिइन् ।