पर्सा – व्यावसायिक उखु खेती प्रवर्द्धनका लागि आज विरगञ्जस्थित होटल मकालुमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा भएको हो।
कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। उमेश दहाल सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको अध्यक्षता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रमुख सचिव श्री रामकृष्ण सुवेदीले थियो। कार्यक्रममा प्रदेश र संघका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, प्राविधिकहरू, अनुसन्धानकर्ता, किसान प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
उक्त अन्तरक्रियामा ‘मधेशमा उखु खेती स् वर्तमान अवस्था र विकास सम्भावना’ विषयमा राष्ट्रिय उखु अनुसन्धान केन्द्र बाराका प्रमुख वैज्ञानिक दिल राज यादवले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, उखु खेती प्रवर्द्धनका लागि मधेश प्रदेशमा कार्यान्वयन भैरहेको नीति तथा योजना विषयमा प्रस्तुत गरिएकोथियो।
कार्यक्रममा सहभागीहरूले प्रस्तुत कार्यपत्रहरूमाथि व्यापक छलफल गर्दै उखु खेतीको समस्याहरू, सुधारका उपाय तथा आगामी योजनाबारे सुझावहरू राखेका थिए। किसान महासंघ, चिनी मिल्स, सहकारी संस्था, अनुसन्धान संस्था र नीति निर्माताबीच प्रत्यक्ष संवादको अवसर समेत यो अन्तरक्रियाले प्रदान गरेको छ।
कार्यक्रमको अन्त्यमा मन्तव्य राख्दै विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले व्यावसायिक उखु खेतीका लागि नीतिगत स्थायित्व, बजेटको सुनिश्चितता र प्रविधिको सहज पहुँचमा जोड दिन आग्रह गरे।
कार्यक्रम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव श्री रामकृष्ण सुवेदीको समापन मन्तव्यसहित सम्पन्न भएको थियो।