वीरगन्ज । वीरगन्ज युवा समाजले श्रीकृष्ण जन्माष्टमी एवं भिमसेन जात्राको अवसरमा बिर्तामाइ मन्दिर संरक्षण समिती र सामुदायिक प्रहरी बिर्ताको सहयोगमा वीरगन्ज ४ स्थित बिर्तामाइ र कृष्ण मन्दिरको सरसफाइ सुसम्पन्न गरेको छ ।
वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न सो सरसफाइ कार्यक्रममा प्रमुख अतिथिहरु वडाअध्यक्ष एवं बिर्तामाइ मन्दिर समितिका अध्यक्ष जगत साह कानु , अतिथिहरु वडासदस्य जुलुम खडकी,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ ,लायन्स क्लबका समाजसेवी उमेश शर्मा, सुनिल श्रेष्ठ ,बिर्ता युवा क्लबका अध्यक्ष राज गुप्ता, सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष माजिद मिया,समाजसेवी समाजका सदस्यहरु सुशील श्रेष्ठ ,पुर्ण गुरुङ , सैयाद अन्सारी ,उमेश श्रेष्ठ ,निरज श्रेष्ठ, अमित गुप्ता,काजल कोईराला , पुषपराज कोइराला ,सुमन पौडेल, मन्जु भण्डारी ,बिपिन भण्डारी ,सुदेश लाखे,बिपिन आचार्य ,सृष्टि बिस्ट, अमित गुप्ता,बिनोद धिमाल,बिक्रान्त खनाल लगायत बिर्तामाइ मन्दिर समिती ,सामुदायिक प्रहरी बिर्ता र समाजका पदाधिकारी सदस्यहरु र स्थानिय युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी वडाअध्यक्ष कानुले वीरगन्ज युवा समाजले सधै युवा,समाज र देशमा बिधमान कुरिती ,बिकृती विसङ्गतीहरु बिरुद्ध लडनुको साथै आपत बिपत परेको समयमा अग्रस्थानमा रहि समुदाय संग हातेमालो गरि विभिन्न कार्यक्रम गरि सेवा गर्दै आएको छ , र समाजको कार्य बिगत १३ बर्षदेखी निरन्तर अझ बढी प्रभावकारी रुपले सेवा गरिरहेको बताउदै सम्पूर्ण युवा समाज परिवार लाई हार्दिक धन्यवाद बधाई र शुभकामना दिनु भयो ।
सो अवसरमा अध्यक्ष थापाले परिवर्तनको लागि वीरगन्ज युवा समाज भन्ने मुलमन्त्रलाई आत्मसात गरि अग्रज सल्लाहकारहरु, शुभेच्छुकहरु एवं साथिभाइको साथ सहयोगले हामिले विभिन्न चाडपर्वको समयमा सरसफाइ ,रक्तदान,स्वास्थ्य शिविर,असहाय बिपन्नलाइ खाद्यान्न लगायत सहयोग, प्रहरी ,ट्राफिक, सशस्त्र प्रहरी,सामुदायिक प्रहरी विभिन्न संघसंस्थाहरु संघ हातेमालो गरि समाजमा बिधमान बिकृती बिसङ्गती कुरितिहरुलाइ न्यूनीकरण गर्दै समापत गर्न जनचेतनामूलक विभिन्न गुणस्तरीय कार्यक्रमहरु गर्दै आएको छौ र आउने समयमा अझ बढी प्रभावकारी रुपले दिनदुखी असहायको साथै देश समाजको सेवा सहयोग गर्नेछौ भनी प्रतिबद्धता सहित छोटो समयको निमन्त्रणा स्विकारी युवाहरुको हौसला बढाइदिनु भएकोमा सहभागी सम्पुर्णलाई हार्दिक आभार प्रकट गरेका थिए ।