नेपाल इँटा उद्योग महासंघ, मधेश प्रदेशले नयाँ नेतृत्व चयन गरेको छ। बुधबार जनकपुरमा सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले सर्वसम्मत निर्णय गर्दै पुनः विक्रम साहलाई अध्यक्षमा चयन गरेको हो।
१७ सदस्यीय प्रदेश समिति गठन गरिएको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा नवलकिशोर साह, उपाध्यक्षमा संजय चौधरी, महासचिवमा अशोक जयसवाल र कोषाध्यक्षमा रामबाबु पञ्जियारलाई जिम्मेवारी दिएको छ।
यसैगरी, सदस्यहरुमा सप्तरीबाट मो. मुसलिम मिया र कृष्ण देव पण्डित, सिरहाबाट पुनम चौधरी र रामकृपाल यादव, धनुषाबाट लक्ष्मण राय यादव, महोत्तरीबाट मनोस साह, सर्लाहीबाट विष्णु प्रसाद मैनाली, रौतहटबाट गेनालाल प्रसाद र बेदे आले, बाराबाट ओमप्रकाश यादव र पर्साबाट गौरीशंकर साह चयन भएका छन्।
अधिवेशनले अवदुल हकिम, मोहन साह र शिव पुजन साहलाई समेटेर तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।
जनकपुरको रोयल प्यालेस होटलमा आयोजित अधिवेशनको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका थिए। कार्यक्रममा प्रदेशका ८ जिल्लाबाट करिब दुई सय इँटा व्यवसायी सहभागी भएका थिए ।
