महान तिज पर्वको अवसरमा लायन्स क्लब अफ बिरगंज मिलेनियमले बिरगंज कारागारमा रहेका महिला बन्दीहरुको लागि दर खुवाउने सामग्री सहयोग गरेको छ।
लायन्स क्लब अफ बिरगंज मिलेनियमले लायन्स क्लब अफ बिरगंज संस्कृति गोल्ड, लायन्स क्लब अफ बिरगंज सेन्ट्रल र लायन्स क्लब अफ ग्रेट पिपुलको सहकार्यमा ७० जना महिला बन्दीका लागि फलफुल, मिठाइ, दर खुवाउने खाद्यान्न र सिङ्गार सामग्री उपलब्ध गराएको सचिव रोशन गुप्ताले जानकारी दिनुभयो।
कार्यक्रमको प्रमुख आतिथ्य बिरगंज महानगरपालिका–४ का वडाअध्यक्ष जगत साह कानुले गर्नु भएको थियो भने बिनोद खण्डेलवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक जनक बस्नेत, डिएन अग्रवाल, उत्तम चन्द रखेचा, सुनिल केडिया, पी.बी. शाह, उषा शाह, कीम अन्सारी, सोनी अग्रवाल, सुमन श्रेष्ठ, फुलचन्द अग्रवाल, सुभास अग्रवाल र संगिता खेतान लगायतको सहभागिता रहेको थियो।
प्रमुख अतिथि कानुले कारागारमा रहेका महिलाहरुलाई दर खुवाउने यो कार्यक्रम अत्यन्त सराहनीय रहेको बताउँदै, यसले समाजमा मानवता र आपसी एकता बलियो बनाउने बताए। अध्यक्ष खण्डेलवालले भने कि विगत १० वर्षदेखि क्लबले तिज पर्वको अवसरमा दिदिबहिनीहरूको लागि दर खुवाउने कार्य गर्दै आएको छ र यसलाई निरन्तर जारी राख्ने योजना रहेको बताए।
कार्यक्रममा सहभागी सबैलाई तिज पर्वको शुभकामना पनि व्यक्त गरिएको थियो।