हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नेपाल भारत मैत्री रेडियो श्रेता संघको आयोजनामा तथा न्यू मनोकामना जनरल स्टोरको सहयोगमा रौतहटको ऐतिहासिक माइस्थान मन्दिर परिसरमा ११औं पटक भव्य सांस्कृतिक तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथिमा संस्कृतिक तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संयोजक विजय पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। विशेष अतिथिका रूपमा विभिन्न समाजसेवी, स्थानीय जनप्रतिनिधिहरू, महिला अगुवा तथा सञ्चारकर्मीहरूको समेत उपस्थित रहेको थियो।
कार्यक्रममा विभिन्न उमेर समूहका महिलाहरूले परम्परागत तीजका भजन तथा लोकगीतहरूमा आकर्षक नृत्य प्रस्तुति दिँदै सहभागीता जनाएका थिए। महिलाहरूले हरियो सारी, रातो चुरा, पोते, टिका लगायतका सांस्कृतिक पहिरनमा सजिएर तीजको रौनक बढाएका थिए। प्रतियोगितामा सहभागी नृत्य समूहहरूबीच कडा प्रतिस्पर्धा भएको थियो।

निर्णायक मण्डलले संघका महासचिव शम्भु महतो थारू ,कार्यक्रम संयोजक बिजय पौडेल ,ललन सिंह रहेका छन् सिर्जनात्मकता, लय, पहिरन र भावाभिव्यक्तिलाई मूल्याङ्कन गरेर उत्कृष्ट प्रतिभाहरू छनोट हुनेमा आफू आशाबादी रहेको कार्यक्रममा मन्त्री जनार्दन सिंह क्षेत्रीले भन्नुभयो, यस्ता सांस्कृतिक कार्यक्रमहरूले हाम्रो मौलिक चाडपर्व र परम्परागत संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछन्। महिलाहरूको सशक्तिकरणमा पनि यस्ता अवसरहरू प्रेरणादायी हुने बताएका थिए ।
उनले तराईमा अहिले पनि छोराछोरीमा विभेद रहेकोले यसलाई अन्त गर्न जरुरी रहेको मन्त्री क्षेत्रीले अपिल गरेका छन् । छोरालाई निजी बिधालयमा र छोरीलाई सरकारी स्कुलमा पढाउने काम हुदै आइरहेकोमा यहाँ उपस्थित महिलाहरुले त्यो अन्त गर्न अति आवश्यकता रहेको बताएका हुन । संयोजक विजय पौडेलले कार्यक्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन नेपाल भारत मैत्री रेडियो श्रेता संघका महासचिव शम्भु महतो थारूले गर्दै भविष्यमा अझ व्यापक सहभागिता र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा प्रथम विजेतालाई ३००० हजार दोस्रो रु २००० तेस्रो रु १००० प्रमाणपत्र गिफहेमपर तथा प्रतियोगितामा सहभागीहरूलाई प्रमाणपत्र,र आकर्षक पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले तीजको उमंग र उल्लासमा थप रङमय भएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति रामनारायण कुर्मी ,पुर्व उपमेयर शान्ति कार्की ,माइस्थान संचालक समितिका अध्यक्ष नरेन्द्र सिंह ,मदन गुप्ता ,न्यु मनकामना जनरल स्टोरका संचालक सज्जन अग्रवाल नेपाल भारत मैत्री स्रोत संघका अध्यक्ष पन्नालाल पटेल लगायतको विशेष उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण कमल गिरिले गरेकी थिइन् ।