वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जमा अध्यनरत दलित विद्यार्थीहरुका लागि महानगरवालिकाले दलित छात्रावास निर्माण गर्ने घोषणा गरेका छन्।
वीरगन्जमा नेपाल पासवान संघ पर्साले आयोजना गरेको बृहत पासवान भेलालाई सम्बोधन गर्दै मेयर सिंहले दलित विद्यार्थीहरूको आवासीय समस्या समाधान गर्न महानगरपालिकाले यहि वर्षमा दलित छात्रावास निर्माण गर्ने बताए । उनले दलित विद्यार्थीहरूको शैक्षिक यात्रामा सहजता ल्याउन छात्रावास आवश्यक भएको बताए ।
मेयर सिंहले दलितहरूको अवस्था सुधार नआउनुमा आंशिक कारण दलित स्वयं र दलित अगुवाहरू पनि रहेको टिप्पणी गरे।उनले भने,ञकानूनले दिएको अधिकारका सवालमा दलित अगुवाहरुले नै बोल्न नसक्नु र अवसरवादी भूमिकामात्र लिन खोज्नु कमजोरी हो।झ
भेलामा भारतको अल इन्डिया पासवान एकता मञ्चका अध्यक्ष निरञ्जन पासवानले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता जस्तै नेपाल र भारतका पासवान जातिबीचको आपसी सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिए।
नेपाल पासवान संघ पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा आयोजित भेलामा मञ्चका महासचिव डा. वीरेन्द्र पासवान, चौहरमल राष्ट्रिय परिषद मुकामका अध्यक्ष राजकुमार पासवान, धर्मेन्द्र पासवान, नेपाल पासवान संघ बाराका अध्यक्ष राजदेव पासवान, दलित संघर्ष समिति बाराका अध्यक्ष शिवदयाल पासवान, रौतहटका मटुक पासवान, नरेन्द्र पासवान, कलाकार प्रीति पासवानलगायतले मन्तव्य व्यक्त गरेका थिए।