जगत राई
“मर्यादित सहकारी, समुन्नत समाजका लागि सहकार्य” भन्ने मूल नाराका साथ एक दिने पुँजीकोष पर्याप्तता मापन तालिम शुक्रबार वीरगञ्जस्थित स्थानीय होटल पुजनमा सम्पन्न भएको छ। उक्त तालिम जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, पर्साको आयोजनामा तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ९नेफ्स्कुन० को समन्वयमा सम्पन्न गरिएको हो। तालिममा जिल्लाभरका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, पर्साका अध्यक्ष हरेराम पटेलको अध्यक्षता तथा जिल्ला सहकारी संघ, पर्साका अध्यक्ष हरेन्द्र साहको प्रमुख अतिथिमा तालिमको उद्घाटन गर्नुभएको थियो।उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि साहले सहकारी क्षेत्रको वित्तीय अनुशासन र पारदर्शिताका लागि पुँजीकोष पर्याप्तताको मापन अत्यन्तै महत्वपूर्ण भएको बताउनुभएको छ। उहाँले भने, “सहकारी संस्थाले सानोतिनो पुँजीको समेत संरक्षण गर्दै दीर्घकालीन दिगोपनतर्फ अग्रसर हुनुपर्छ। केही सहकारीमा देखिएका समस्या र अनियमितताका कारण सबै सहकारी संस्थाको बदनाम हुनु उचित होइन।”
अध्यक्ष पटेलले पनि सहकारी संस्थाहरूको प्रभावकारिता बढाउन यस प्रकारका तालिमहरूले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। “हामी सहकारी संस्थालाई केवल बचत र ऋणको माध्यम होइन, समाजिक रूपान्तरणको माध्यमका रूपमा हेर्छौं,” उहाँले भन्नुभयो। तालिमका प्रशिक्षक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका वरिष्ठ अधिकृत उमेश कोइरालाले पुँजीकोष पर्याप्तताको अवधारणा, यसको गणना विधि, नियमनकारी मापदण्डहरू, जोखिम व्यवस्थापन तथा सहकारीमा यसको प्रयोग सम्बन्धी विषयहरूमा विस्तृत जानकारी दिइएको थियो।यो तालिममा सहभागीहरूले तालिममार्फत आफ्नो संस्थाको वित्तीय अवस्था मूल्याङ्कन गर्न सिकेका छन्।
तालिमको उद्देश्य सहकारी संस्थाहरूलाई आर्थिक रूपमा थप सुदृढ बनाउँदै उनीहरूको सञ्चालनमा पारदर्शिता र जवाफदेहिता कायम गर्नु रहेको बताए उनले भने यो आयोजक संस्था जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साले सहकारी संस्थाका संचालक तथा ब्यवस्थापकहरुलाई यसरी एकैपटक सहकारीको बारेमा जानकारी गराउने काम गरेकोमा धन्यवाद समेत दिएका छन् ।
एक दिने तालिममा सहभागी संस्थाका संचालक एवम् ब्यवस्थापक प्रतिनिधिहरूले यस्तो अभ्यासले सहकारीमा थप विश्वास र स्थायित्व ल्याउने प्रतिक्रिया दिएका छन्। तालिमको समापनमा सहभागी भएका सहकारी संस्थाका संचालक तथा ब्यवस्थापकहरुलाई प्रमाणपत्र वितरण गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिव एवम् तालिम संयोजक राजीब सरार्फले जानकारी दिनुभएको छ।
कार्यक्रमको स्वागत मनतब्य जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष जिष्णु बरालले गर्नुभएको थियो उहाँले भने यो तालिम बाट सबैले उपलब्धि हासिल गर्न अपिल गदै आफ्नो संस्थामा लागू गर्न आग्रह गर्नुभएको थियो ।तालिमको उदघाटन समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव नरेश कुमार चौरसिया तथा संघका पदाधिकारीहरु तथा विभिन्न सहकारी संस्थाका संचालकहरु एवम् ब्यवस्थापकहरुको उपस्थित रहेका छन् ।तालिममा ७० वटा सहकारी संस्थाका संचालक तथा ब्यवस्थापकहरुको सहभागीता रहेको छ कार्यक्रमको संचालन महासचिव राजिब सरार्फले गर्नुभएको थियो । ।