जगत राई
पर्सा, ठोरी गाउँपालिका – सामाजिक सेवा र मानवतामा योगदान पु¥याउने उद्देश्यले काम गर्दै आएको उपकार सेवा नेपालले पर्सा जिल्लाको ठोरी गाउँपालिका वार्ड नं १, भगवाननगरस्थित वृद्ध वृद्धा आश्रममा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ। संस्थाका अध्यक्ष विद्या कुमारी सरावगीका अनुसार, यस अवसरमा आश्रममा आश्रित १७ जना अपाङ्ग, स्वास्थ्य स्थिति कमजोर, वृद्ध–वृद्धा, आमा–बुबा र बालबालिकालाई आवश्यक पर्ने चामल, पिठो, दाल, खानेतेल, नून, बिस्कुट, चिउरा, भुजा, चना, तूथ ब्रश, तूथ पेस्ट, साबुन ९धुने र नुहाउने०, डाइफर, धनिया, खुर्सानी, बेसार, मसला लगायतका सामग्री वितरण गरिएको छ।
कार्यक्रमको विशेषताः आश्रमका सदस्य राम बहादुर थिङलाई बोलाई सो सामग्रीहरू हस्तान्तरण गरिएको थियो। यस अवसरमा संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी र समाजिक अभियन्ता प्रकाश थारूले उपस्थित भई आश्रमका सदस्यलाई सामग्रीहरू प्रदान गरेका थिए। अध्यक्ष सरावगीले जानकारी दिँदै बताइन् कि, “उपकार सेवा नेपालले आश्रमका लागि हरेक महिनामा नियमित रूपमा खाद्यान्न र आवश्यक सामग्री प्रदान गर्दै आएको छ, जसले आश्रितहरूलाई दैनिक जीवनमा ठूलो सहयोग पुगेको छ।”
उपकार सेवा नेपालले यस कार्यक्रममार्फत समाजका कमजोर वर्गहरूप्रति आफ्नो जिम्मेवारी र मानवतामा योगदानको प्रतिबद्धता पुनः प्रष्ट पारेको छ। आश्रमले पनि यो सहयोगका लागि संस्थालाई धन्यवाद ज्ञापन गरेको छ।