अभिलाष गुप्ता
बिरगंज २९ भदौ
रक्सौल – लायन्स क्लब अफ रक्सौलले विजयादशमीको अवसरमा डान्डिया महोत्सव आयोजना गर्ने निर्णय गरेको छ। स्थानीय कावेरी होटलमा क्लब अध्यक्ष लायन्स बिमल सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा यो निर्णय सर्वसम्मत रूपमा पारित गरिएको हो।
बैठकमा क्लब सेक्रेटरी लायन मोहम्मद निजामुद्दीन, क्लब कोषाध्यक्ष लायन अमित कुमार, जोन अध्यक्ष लायन शम्भुप्रसाद चौरसिया, लायन गणेश धनोथिया, लायन सञ्जय गुप्ता, लायन नारायण रुङ्टा, लायन पवन किशोर कुशवाहा, लायन हरिश खत्री, लायन सुमित भरतिया, लायन पन्जु, लायन राजकुमार, लायन राजकुमार राई, लायन विजय कुमार, लायन प्रियंका सोनी, लायन सीमा बरनवाल, लायन सुशीला धनोथिया, लायन रेणु रुङ्टा, लायन सरिता खत्री लगायतका सदस्यहरूको उपस्थिति थियो।
बैठकमा क्लब सदस्यहरूले यस वर्षको डान्डिया महोत्सवलाई अझ भव्य र आकर्षक बनाउने योजनाबारे विस्तृत छलफल गरेका थिए। अन्ततः सर्वसम्मतिले यस वर्षको डान्डिया महोत्सव विजयादशमीको दिन, बिहीबार, अक्टोबर ०२, साँझ ५ बजेबाट सुरु हुने निर्णय भयो। कार्यक्रम स्थानीय "SAV" विद्यालय, लक्ष्मीपुरको परिसरमा आयोजना गरिनेछ।
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज लायन बिमल सर्राफले जानकारी दिँदै भने, “हरेक वर्ष जस्तै यो वर्ष पनि डान्डिया महोत्सवलाई नयाँ रूप र मौलिक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। यसपालि स्थानीय समुदाय, परिवार र युवाहरूको सहभागिता अझ बढी हुने अपेक्षा गरिएको छ।”
उक्त महोत्सवमा सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, पारिवारिक रमझमका साथै विशेष पुरस्कार वितरण कार्यक्रम पनि रहनेछ। क्लबका पदाधिकारीहरूले सम्पूर्ण नगरवासीलाई उक्त अवसरमा उपस्थित भई कार्यक्रमलाई भव्य सफल बनाउन आग्रह गरेका छन्।