संविधान दिवसको अवसरमा जनमत पार्टी पर्साले वीरगञ्जस्थित सहिद स्मारकमा माल्यार्पण गरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । सो अवसरमा जेनजी आन्दोलनका सहिदहरूको स्मरण गर्दै मौनधारणसहित श्रद्धासुमन अर्पण गरिएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले वर्तमान संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझै संघर्ष आवश्यक रहेको धारणा राखे । उनले अधिकार सम्पन्न प्रदेश र राज्यका हरेक अंगमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संवैधानिक अंग तथा आयोगहरूमा प्रतिस्पर्धामार्फत नियुक्ति हुनुपर्ने जनमत पार्टीको नौलो गणतान्त्रिक विचारधाराको मुख्य आधार भएको बताए ।
अध्यक्ष सरार्फले जेनजी आन्दोलनका मागहरूलाई दिगो रूपमा समाधान गर्ने नेतृत्व जनमत पार्टीले दुई वर्षअघि देखि नै आन्दोलनमार्फत अघि बढाउँदै आएको उल्लेख गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य विद्या लाल प्रसाद, रम्भा मिश्रा, श्याम गुप्ता, श्याम शंकर चौरसिया, सन्तोष साह, क्षेत्रीय संयोजक डा। मनोज सरार्फ, महानगर अध्यक्ष महादेव शर्मा, सचिव लोकेश कर्ण, क्षेत्र नम्बर–२ संयोजक शशी देव यादव, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिंह, उपाध्यक्ष संजय सरार्फ, हिरालाल राम, विकास गुप्ता लगायतको सहभागिता रहेको थियो ।