वीरगञ्ज– मानव धर्मका प्रणेता सतगुरु श्री सतपालजी महाराजको ७४ औं जन्म उत्सवको अवसरमा नेपाल मानव धर्म समिति, बीरगंजद्वारा शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ‘रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित विशेष रक्तदान कार्यक्रममा ४ महिला सहित कुल ३२ जनाले रक्तदान गरेका हुन ।
रक्तदान गर्नेहरु मनिषा कुमारी माझी ,गणेश चौधरी ,पवन गौतम ,कृष्ण सरार्फ,शंकर उदास,महेश उदास,मिरा देवी , राकेश चौधरी ,दिपेन्द्र साह,दिपु साह लगायत ३२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्रका प्रविधिक जितेन्द्र कुशवाहाले जानकारी दिनुभएको छ। बीरगंज महानगरपालिका–१५ स्थित समितिको आफ्नै कार्यालय भवन परिसरमा शनिबार सम्पन्न भएको हो।
उक्त रक्तदान कार्यक्रममा नेपाल मानव धर्म समिति, नारायणी अञ्चलका क्षेत्रीय सभापति तथा बीरगंज–९ का वडा अध्यक्ष श्री जवाहर प्रसाद गुप्ताको प्रमुख अतिथिमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल मानव धर्म समिति बीरगंजकी माहात्मा सरयु बाइजीको अध्यक्षतामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। रक्तदान कार्यक्रममा प्रमुख अतिथि गुप्ताले रक्तदान जस्तो महत्वपूर्ण मानव सेवामा सहभागिता जनाउने सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद दिँदै मानव धर्म समितिले समाजमा पुर्याउँदै आएको सेवाभावनात्मक कार्यको प्रसंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘रक्तदान गर्नु केवल जीवन बचाउने कार्य होइन, यो सामाजिक उत्तरदायित्व पनि हो।’
सभापति सरयु बाइजीले सतगुरु श्री सतपालजी महाराजको शिक्षालाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने यस्ता सेवा कार्यक्रमको निरन्तरता रहने बताउनुभयो। उहाँले युवाहरूमाझ सेवा र समर्पणको भावना फैलाउन यस्तो आयोजनाले ठूलो भूमिका खेल्ने बताउनुभयो। रक्तदान कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिए अनुसार ४ महिला सहित २८ जनाले रक्तदान गरेका थिए।
नेपाल मानव धर्म समिति बीरगंजका सम्पूर्ण सदस्यहरु रक्तदान कार्यक्रममा सहभागी भएकाहरुलाई नेपाल मानव धर्म समितिले विशेष धन्यवाद दिएको छ।
समितिका अनुसार सतगुरु श्री सतपालजी महाराजको जन्म उत्सवको अवसरमा आगामी दिनहरूमा पनि यस्ता सेवा मूलक कार्यक्रमहरू आयोजना गरिने राकेश चौधरीले जानकारी दिनुभएको छ।