वीरगञ्ज । नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा–आराधना गरिँदैछ। विजयादशमी सुरु हुने दिनका रूपमा मानिने घटस्थापनासँगै घर–घरमा देवी पूजा आरम्भ हुन्छ।
धार्मिक मान्यताअनुसार पर्वतराज हिमालयकी कन्या पार्वतीको पहिलो स्वरूप शैलपुत्री हुन्। उनी शक्ति, धैर्य र मातृत्वको प्रतीक मानिन्छिन्। भक्तजनहरूले आज बिहानै स्नान–ध्यान गरी घटस्थापना गर्दै शैलपुत्रीको आराधना गरेका छन्।
पूजाविधि :
बिहान स्नान गरेर स्वच्छ वस्त्र धारण गर्नुपर्छ।
पूजा स्थानमा घट ९कलश० स्थापना गरी पानी, अन्न, फूल र अशोक पातले सजाउनुपर्छ।
शैलपुत्रीको प्रतिमा वा चित्र राखी गंगा जल, अक्षता, पुष्प, धूप–दीप चढाइन्छ।
शुद्ध घृतको दीप प्रज्वलन गरी मन्त्र उच्चारणसहित देवीको स्तुति गरिन्छ।
दिनभरि ब्रत बसेर साँझ दुग्ध पदार्थ चढाउने चलन छ।
पुराणका अनुसार शैलपुत्रीको आराधनाले मानसिक शान्ति, धैर्य र जीवनमा नयाँ उर्जा प्राप्त हुने विश्वास गरिन्छ। भक्तजनहरूले असोज ६ गतेदेखि शुरु भएको नवरात्रमा क्रमशः नौ देवीको पूजा गर्नेछन्।