वीरगञ्ज : हरेक वर्ष २५ सेप्टेम्बर २०२५ का दिन मनाउने विश्व फार्मासिस्ट दिवस यो वर्ष रक्तदान कार्यक्रम गरि मनाइएको छ । रक्तदान जीवनदान, सेवा नै धर्म हो रक्तदान गरौं, स्वास्थ्य रहौं भन्ने मूल नाराका साथ बिहीबार बीरगंजमा विश्व फार्मासिस्ट दिवस (World Pharmacists Day को अवसरमा एक विशेष खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रम नेपाल फर्मास्युटिकल एसोसिएसन मधेस प्रदेश, फार्मा क्लब बीरगंज, र औषधि व्यवस्था विभाग बीरगंजको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम औषधि व्यवस्था विभाग, बीरगंजको परिसरमा सम्पन्न भएको थियो, जहाँ विभिन्न स्वास्थ्यकर्मी, फार्मासिस्ट, औषधि व्यवसायी, एसोसिएसनका पदाधिकारीहरु लगायतका ब्यक्तिहरुले रक्तदान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल फर्मास्युटिकल एसोसिएसन मधेस प्रदेशका अध्यक्ष शशिकान्त ठाकुर सहभागी थिए। साथै औषधि व्यवस्था विभाग बीरगंजका शम्भु साह, फार्मा क्लब बीरगंजका अध्यक्ष निरज कुमार गिरी, उपाध्यक्ष रमन भुरेर यादव, एनपीए (NPA) का सचिव युगल किशोर शरण लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले रक्तदान जीवनमरणको महत्त्वपूर्ण भएकोले यसमा कुनै जात धर्म सरोकारवाला नहुने भएकोले स्वास्थ्य ब्यक्तिले रक्तदान गर्न सक्ने बताएका छन् ।“रक्तदान केवल मानवताको प्रतीक मात्र होइन, यसले अरुको जीवन बचाउन सहयोग पुग्छ। विशेषगरी फार्मासिस्टहरूजस्तो स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूले यस्ता मानवीय सेवामा सक्रियताका सहभागी भएर खुल्ला रक्तदान कार्यक्रममा उपस्थित भइ प्रेरणादायी कार्य गर।नेपाल फर्मास्युटिकल एसोसिएसन मधेस प्रदेश फर्मा क्लब बीरगंज तथा अौषधी ब्यवस्था विभाग बीरगंजले संयुक्तरूपमा आयोजना गरेर यो कार्यक्रमले स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत समुदायमा सामाजिक उत्तरदायित्वबोधलाई अझ बलियो बनाउने अपेक्षा गरिएको हो। कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो।

World Pharmacists Day हरेक वर्ष सेप्टेम्बर २५ तारिखमा मनाउने क्रममा यो वर्ष मानवीय क्षेत्रमा सहयोग पुराउने उदेश्यले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको फर्मा क्लब बीरगंजका अध्यक्ष निरज कुमार गिरिले जानकारी दिनुभएको छ। साथै उनले भने जसको उद्देश्य विश्वभरिका फार्मासिस्टहरूका योगदानलाई सम्मान गर्ने र औषधि सेवा प्रणालीमा उनीहरूको भूमिकालाई उजागर गर्नु रहेको बताएका छन् ।समाजको लागि पनि केही गर्नुपर्छ भन्ने हाम्रो उदेश्य रहेकोले आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको बताए । रक्तदान गर्नेहरु निरज कुमार गिरि,शशिकान्त ठाकुर , शशिकान्त चौधरी ,साजाद आलम,चन्दन चौरसिया,रामकिशोर पटेल ,रमन भुरेर यादव ,भूषण प्रसाद यादव लगायतले रक्तदान गरेको रक्त संचार केन्द्रका प्रविधिक जितेन्द्र कुशवहाले जानकारी दिनुभएको छ ।