बीरगंज– बीरगंजमा केही समय पहिलै यस भेगमा नै पहिलो पटक निर्माणको परियोजना शुरु गरेको सुख भिल्ला अब हस्तान्तरणको तयारीमा रहेको समाचार प्राप्त हुन आएको छ । हाल २८ वटा निर्माण सम्पन्न भै आन्तरिक सजवटको काम शुरु भएको छ । २८ वटा भवन आउँदो २०२७ को फेबु्रवरी लाष्ट सम्म हामी सम्पूर्ण रुपमा हस्तान्रढा गर्ने गरि लागेका छौं र अव यसै महिनादेखि नै थप ४० भिल्ला निर्माणको कार्य प्रारम्भ गर्दै छौं भनी परियोजना प्रमुख रामगोपाल सिँह बताउनुहुन्छ । उनका अनुसार ३ सय मजदूर कर्मचारीले अव २४ सै घन्टा काम गरि १२० वटा भिल्लाको परियोजनालाई पूर्णता दिने गरि आफुहरु लागिपरेको कुरा समेत बताउँछन ।
बीरगंज लगायत आसपासमा बिस्तारै अपार्टमेन्टर भिल्ला वा हाउजिङ्ग संस्कृतिले आकार लिन थालेको भएपनि सरकारी नीति बैकिङ्ग क्षेत्रले निम्त्याउने जटिलता र ऋण प्रबाहमा देखा परेको जटिलताले निकै समस्या थपेको कुरा संचालकहरु बताउँछन । छ । सयममै आवश्यकीय पूँजीको अभाव र नीतिगत समस्याका कारण सबै परियोजना ओझेलमा परेको अवस्थामा यसको असर भने भिल्ला र अपार्टमेन्ट क्षेत्रमा समेत पर्न थालेको छ । यसकै कारण उहिल्यै निर्माण गरि हस्तान्तरण हुनुपर्ने घरहरु समेत फिनिसिङ्ग हुन नसकेको कुरा भरतपुरका एकजना ब्यबसायी बताउँछन ।
यस भेगमा बिस्तारै हाउजिङ्ग र अपार्टमेन्ट संस्कृतिले आकार लिन थालेको भएपनि समयक्रमसँगै निर्माण समाग्रीमा महँगी बढेपछि बिबिध खालको समस्या सृजना भएको छ । केही बर्ष पहिला देखि नै अपार्टमेन्टमा यहाँका उद्योगी व्यापारिले लगानी गरि यसको ब्यापारलाई बढावा दिएको भएपनि ठुलो परिमाणमा एकै स्थानमा घर हाउजिङ्ग० निर्माण गरि सामूहिक बसोबासको अवधारणा अघि बढाउन कसैले पनि सकेका थिएन । तर यताका दिनमा वीरगंजको मुख्य बजारबाट निकै कम दुरीमा र बिशेष गरि प्रदुषण रहित स्थान नेशनल मेडिकल कलेजको पछाडिबाट तत्काल ८० भन्खा बढी घर निर्माणको थालनी गरि वृहत हाउजीङ्ग परियोजना शुरु भएको छ । जसमा आधुनिक सुबिधाको सुवै मापदण्डमा आधारित हुने कुरा यसका संचालक गंगासागर शाह बताउनुहुन्छ । आफु वीरगंजमा जन्मेर हुर्केको हुनाले यहाँको नातालाई जिवन्त दिनको लागि पनि आफुले आवासमा लगानी गरि निरन्तर रुपमा यहाँ आउने माध्यम आफुले तय गरेको कुरा समेत उहाँ बताउनुहन्छ ।

उहाँका अनुसार सामुदायिक भवन,जिम हल, पार्किङ्ग,व्यायम एरिया, खेल मैदान,गोर्सरी, स्वास्थ्य भवन, जस्ता स्वास्थ्य जिवनको लागि आवश्यक पर्ने सवै प्रकारको सुबिधा हाउजिङ्ग भित्र बिद्यमान रहेको कुरा समेत बताउनुहुन्छ । उहाँका अनुसार हाल ४ बिघा जमिनमा फैलिएको आवास क्षेत्र भित्र एकै पटक तीन दर्जन घर निर्माण भईरहेको र त्यसको २ दर्जनभन्दा बढि बुकिङ्ग समेत भईसकेको बताउनुहुन्छ । आवास क्षेत्र भित्र ८० वटा भन्दा बढी घर निर्माण हुने र त्यसप्रति बढेको आर्कषणले आफुमा उत्साह थपिएको समेत एक भेटमा बताए । शाह आर्थिक मन्दीको अवस्थामा पनि चुनौतीलाई सामना गर्न लगानी गरिरहेको समेत बताउनु हुन्छ । घण्टाघरबाट १५ मिनेटको पैदल यात्रामा आवास क्षेत्रमा पुग्न सकिने र सुरक्षाको दृष्टिले सवै मापदण्ड पुरा भएको हुनाले सवै प्रकारको आर्थिक अवस्था भएका मानिसले सहज रुपमा घर खरिद गर्न सक्ने समेत कुरा एक सय करोड भन्दा बढिको लगानीमा निर्माण भईरहेको आवास क्षेत्रमा पानी,बिजुली,ईन्टरनेट लगायतको सेवा समेत निर्वाध रुपमा उपलब्ध हुने बताईन्छ । यसका बिबिध पक्षबारे सोधिएको प्रश्नबारे शाह नाफा रहित रुपमा संचालन र वीरगंजवासीहरुको लागि केहि नयाँ कुरा दिनसकौं भन्ने एकमात्र उदेश्यले आफुले परियोजना शुरु गरेको बताए । लगानीको अप्रयाप्तता र असहज परिस्थितीमा पनि केहि गर्न सकिन्छ भन्ने संदेश दिनको लागि शुरु भएको परियोजनाको सफलता पछि यसको बिविधिकरण र अनेक शहरमा समेत शुरु गर्ने लक्ष्य रहेको कुरा समेत शाह बताउनुहुन्छ । आर्थीक मन्दीको भयाँकर चपेटमा देश रहेको अवस्थामा शुरु भएको परियोजनाको निरन्तरताको बारेमा अनेक खालको प्रश्न चिन्ह खडा भएको भएपनि त्यासलाई समेत काम गर्ने उर्जाको रुपमा ग्रहण गरेर चुनौतिलाई शक्तिको रुपमा लिएर निर्धारीत रुपमा घर निर्माण गरि सबैलाई सहज रुपमा हस्तान्तरणको वातावरण निर्माण गरिरहेको समेत बताउनुभयो ।

एकताका खुकुरी चप्पल कारखानन निर्माण गरि निकै ख्याती कमाएको ब्याबसायीक घरनाका गंगासागर शाहले ब्यापारिक कारोबार गर्ने क्रममा निकै ठूलो असहजता परिस्थितिको सामना गर्न परेको भएपनि काठमाण्डौं प्रबेश गरेको १८ बर्षको अन्तरालमा पछाडि फर्केर हेर्नै परेन बरु एक पछि अर्को गर्दै लगानी र कारोबारमा समेत विस्तृतिकरण गर्दै एकपछि अर्कोै गर्दै अनेक अनेक कारोबारलाई थप्दै आज सफल र मल्टी ब्यासायीक घरनाको रुमपा समेत परिचित बन्ने मौका पाएका छन । त्यसो यी सबै ब्यावसायलाई उनको छोरा सुमित शाहले कुशलताका साथ बुबाको सपनालाई पूरा गर्नको लागि अहोरात्र जुट्नु र अन्य इमान्दार केही साझेदारहरुको विश्वास र इमान्दारिताले थप कारोबारमा बढोत्तरी भएको देखिन्छ । यही समूहले अन्य बिभिन्न साझेदारलाई समेत साथमा लिएर उपत्यका र चितवनको भरतपुरमा समेत हाउजिङ्ग निमार्ण परियोजना शुरु भएका छन जस्लाई निकै महत्वकाँक्षी र आकर्षक योजनाको रुपमा समेत हेर्न थालिएको छ । अनेक ब्यबसायमा एकै पटक हात हालेका शाहले चितवन र काठमाण्डौमा पनि भिल्लाको परियोजना शुरु गर्नुले यो ब्यबसायले बिस्तारै आकार र आकर्षिण थपेको समाचार प्राप्त हुन आएको छ ।