वीरगन्ज । कंचनजंघा स्कुलले वीरगन्ज कपडा बैंकलाई कपडा एवं नगद सहयोग गरेको छ । बिरगंज महानगर ७ रेल्वेरोड रामटोल स्तिथ स्कुलका निर्देशक मार्टिन मोक्तानको नेतृत्वमा बिहिबार ११ बोरा कपडा र २ हजार नगद वीरगन्ज कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन ।
सो अवसरमा स्कुलका निर्देशक मार्टिन मोक्तान एवं कक्षा १० का बिद्यार्थीहरु सुप्रीया घिमिरे,साक्षी गुप्ता,स्वेता साह,मन्नु साह,युवराज मित्तल,यश साह ,वीरगन्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय , सदस्यहरु निला कुमारी राम ,नवराज भट्टराई ,कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा स्कुल का निर्देशक मोक्तानले सामाजिक उत्तरदायीत्व अन्तर्गत हामा विद्यार्थीहरुले वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि कार्यालय स्थापना गरेर नियमित रुपमा दिन दुखी असहाय बिपन्न, आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती खुशी हुदै यो सहयोग गरेको र बिपन्न असहायहरुले नया कपडा किन्न नसकनेहरु लाइ नया जस्तै कपडा उपलब्ध गराउन बैंकको सुकार्यमा हातेमालो गर्न कपडाहरु र केही नगद सहयोग गरेका हौ साथै आगामी दिनमा हाम्रो साथ सहयोग रहनेछ भनी प्रतिबद्धता व्यक्त गर्दै हौसला बढाएका थिए ।
सो अवसरमा बैंकका सल्लाहकार उपाध्यायले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि बिभिन्न स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै स्कुलले विभिन्न समयमा सामाजिक सेवाको कार्यहरु बिभिन्न सचेतनामुलक कार्यक्रमहरुको माध्यम ले सेवा गर्दै आएकोमा स्कुल परिवार एवं सहयोगी हातहरुलाइ हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।
कपडा बैंकका अध्यक्ष सिंहले स्कुलले विगतको समय देखि नै विभिन्न समयमा विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएको सर्वबिदितै रहेको र यसले बिद्यार्थी भाइबहिनिहरुको ज्ञानवृद्धि हुनाको साथ साथ सामाजिक उत्तरदायित्वको बोध हुने हुदा यस्तो सुकार्यको लागि र कपडा एवं नगद सहयोग गरेकोमा बैंक परिवार आभारी रहने बताउदै धन्यवाद प्रकट गरेका थिए