बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर माध्यमिक बिधालयले नेपालीहरूको महान चाड विजय दशमी, तिहार ९दीपावली० तथा छठ पर्वको अवसरमा बिहीबार एक कार्यक्रम बिच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल उमेश साहको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका निवर्तमान प्राध्यापक डा। रामनाथ यादव प्रमुख अतिथिमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि डा। यादवले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानले मात्र सिप, सफलता र रोजगारीको ग्यारेन्टी नहुने बताए।आजको युग ज्ञानमाथि आधारित सीपको युग हो।

केवल किताबी ज्ञानले पुग्दैन, व्यवहारिक र प्राविधिक शिक्षाको महत्त्व अहिले झनै बढेको छ डा. यादवले सम्बोधनका क्रममा भनेप्रविधिको उपयोग, भाषा सीप, व्यवसायिक सोच र सामाजिक उत्तरदायित्वका विषयमा पनि विद्यार्थीहरूलाई सचेत गर्ने भएकोले विद्यालयहरूमा सैद्धान्तिक शिक्षा मात्र होइन, व्यवहारमा उतार्न सकिने शिक्षाको अभ्यास गरिनु पर्नेमा जोड दिए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल उमेश साहले सबै अभिभावक, अतिथि ,विशिष्ट अतिथिहरु यश कार्यक्रममा सहभागी भएर शोभा बडाउने काम गराउनु भएकोमा सबैलाई आभार व्यक्त गर्दै चाडपर्वले सामाजिक एकता, मेलमिलाप र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यालयले शिक्षासँगै संस्कार र संस्कृति पनि विद्यार्थीमा विकास गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना हरेक वर्ष बिधालयले गर्ने गरेको प्रिन्सिपल साहले बताएका छन् ।
शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो, जहाँ विद्यार्थीहरूले लोकनृत्य, कविता वाचन र गीतसंगीतमार्फत नेपाली चाडपर्वको झल्को प्रस्तुत गरेका थिए।कार्यक्रममा विद्यालयका शिक्षक,शिक्षिकाहरु अभिभावकहरु विद्यार्थीहरु लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उदेश्यले तिहारको छठ पर्वको संगीत नृत्य गर्नुका साथै सामाजिक सन्देश प्रवाह गर्ने खालका संस्कृतिक कार्यक्रम विद्यार्थीहरुले प्रस्तुति गरेका थिए।कार्यक्रमको स्वागत मनतब्य बिधालयका डाइरेक्टर डाक्टर उमेश चौरसियाले दिने क्रममा उहाँले अबको शिक्षा कृषिमा आधारित हुनुपर्ने र पुरानो शिक्षालाई परिवर्तन गरि नयाँ शिक्षा प्रणालीमा जानुपर्ने बताएका छन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक हरि बैध,बिधालय ब्यवस्थापन समितिका डाक्टर उमेश चौरसिया,बिधालयका संचालिका नितु चौरसिया,नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाइ,मानव अधिकार शान्ति समाजका उपसभापति रिऋिराज सत्याल,जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई,धमेन्द्र पटेल ,डाक्टर प्रमोद कुशवहा,अभिभावक निलम कुशवाहा,रमेश कुशवहा,लगायतले आ,आफ्नो शुभकामना दिनुभएको थियो ।कार्यक्रमको सहजिकरण परिक्षा कोडिनेटर अरुण यादवले गर्नुभएको थियो ।