बीरगंज महानगरपालिका वडा नम्बर ५ मा अवस्थित मस्कट एकेडेमी+२ ले प्रत्येक वर्षझैं यस वर्ष पनि विद्यालयको प्रांगणमा अन्तर सदन देउसी भैलो कार्यक्रम सम्पन्न भएको भएको छ। नेपालीहरुको महान चाड तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले आ–आफ्ना सदनहरूको तर्फबाट सांस्कृतिक प्रस्तुतिहरू गरेका थिए।
विद्यालयका निर्देशक छेडुप लामाको अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष प्रदीप कुमार चौरसिया प्रमुख अतिथिमा उक्त अन्तर सदन देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु र प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी विशेष अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदीप कुमार चौरसियाले भने,नेपालीहरुको मौलिक धर्म, संस्कार र संस्कृति जोगाउनका लागि अहिलेको पुस्ताले गहिरो जिम्मेवारी लिने समय आएको छ।,उनले वर्तमान समयमै यदि युवाहरूमाझ संस्कारको बीउ रोप्न सकिएन भने, भविष्यमा नेपाली समाजको मौलिकता नै हराउन सक्ने चिन्ता व्यक्त गरे।

वडा अध्यक्ष चौरसियाले मस्कट एकेडेमीले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरेर विद्यार्थीसँगै आम समाजमा समेत सकारात्मक प्रभाव पारेको बताए। उनले भने, विद्यालय मात्र होइन, हाम्रो समाजको सांस्कृतिक पहिचानलाई जोगाइराख्न मस्कटले खेलेको भूमिकालाई सराहना गर्नैपर्छ। बहुजातीय, बहुभाषिक मुलुकमा सबै संस्कृतिको सम्मान आवश्यक अतिथिहरूको धारणा कार्यक्रमका विशेष अतिथि वडा नम्बर ४ का अध्यक्ष जगत साह कानुले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै हरेक समुदायको सांस्कृतिक पहिचानलाई सम्मान र संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामी सबैको आ–आफ्नो धर्म, भाषा, संस्कृति छ। सबैको संरक्षण गरिनुपर्छ, तब मात्र साझा राष्ट्रियता बलियो बन्छ।” प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै आफ्नो धर्म र संस्कृतिप्रति आकर्षित गराउने खालका कार्यक्रम आवश्यक रहेको बताए।
उनले भने, “पुस्तान्तरण नै संस्कृतिको सबभन्दा बलियो माध्यम भनेको विद्यालयहरूले यस्तो विभिन्न नृत्य कार्यक्रमहरुको पहल गर्नु निकै प्रशंसनीय रहेको बताएका छन् ।यस्ता कार्यक्रमहरुले विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुतिकार्यक्रममा विद्यालयका विभिन्न सदनका विद्यार्थीहरूले देउसी भैलो, नृत्य, गीत लगायतका सांस्कृतिक प्रस्तुति दिए। नेपाली परम्परागत भेषभूषा र शैलीमा प्रस्तुत गरिएका देउसी भैलो तथा समूहगत नृत्यले उपस्थित अभिभावकहरु, शिक्षक,शिक्षिकाहरु तथा अन्य अतिथिहरुलाई मनोरञ्जनात्मक दिएको थियो ।कार्यक्रममा अभिभावकहरु, स्थानीय समाजसेवी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।