बिरगंज : प्रकाश, आशा र सहानुभूतिको प्रतीक पर्व दीपावली लाई अर्थपूर्ण बनाउने उद्देश्यका साथ Improving Birgunj ले यस वर्ष फरक तरिकाले यो पर्व मनाएको छ।
संस्थाका सदस्यहरूले आज नारायणी अस्पताल, बिरगंजमा उपचाररत बिरामीहरूलाई “दीपावली ह्याप्पिनेस प्याकेट” वितरण गरेका छन्।
यस प्याकेटमा फलफूल, मिठाई, दियाबत्ती, माला र स–साना उपहारहरू समावेश गरिएको थियो, जसले बिरामी र उनका परिवारका अनुहारमा मुस्कान ल्यायो र वातावरणमा उज्यालो र उमङ्ग थप्यो।
Improving Birgunj का प्रतिनिधिहरूका अनुसार, दीपावलीको वास्तविक अर्थ केवल घर–घरमा दियो बाल्नु होइन, तर समाजका हरेक तहमा प्रेम, माया र सकारात्मकताको प्रकाश फैलाउनु हो।
संस्थाले विगतदेखि नै रोटी बैंक, रक्तदान, सरसफाइ, र सामाजिक सचेतनामूलक कार्यक्रमहरूमार्फत सामुदायिक विकासमा निरन्तर योगदान दिँदै आएको छ।
यस पटकको अभियानले त्यो सोचलाई अझ सशक्त बनाउँदै, अस्पतालमा रहेका बिरामीहरूलाई पनि समाजको माया र साथ अनुभूति गराएको छ।
Improving Birgunj का संस्थापक तथा अन्तर्राष्ट्रिय समाजसेवी सारण गुप्ता का अनुसार,
दीपावली केवल उत्सव होइन, यो आत्मीयता र सहानुभूतिको प्रतीक हो। हामीले आज अस्पतालमा रहेका बिरामीहरूसँग त्यो उज्यालो र माया बाँड्ने प्रयास गरेका छौं, ताकि उनीहरूले पनि त्यो खुशी महसुस गर्न सकून्।