वीरगन्ज समाज सेवाद्वारा वीरगन्जको नारायणी अस्पतालमा लगातार १९औं महिनाको २ श्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम आज पनि सभ्य एवं भव्य रुपले सम्पन्न भएको छ। डेढ वर्ष देखि प्रत्येक शनिबार बिहान नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिपन्न परिवारका बिमारी कुरुवाहरुका कुरुवाहरुलाई सहयोग पुग्दै आइरहेको छ ।
यस्ता निशुल्क भोजन कार्यक्रमले असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु , बटुवाहरु सडकमा आवतजावत गर्ने सर्वसाधारणको लागि महत्त्वपूर्ण भएको र आफ्नै घरमा बनाएको जस्तो सफा, सुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाउने काम हुदै आइरहेको छ। आयोजक वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले सेवा नै धर्म हो ू को मुलमन्त्रलाइ आत्मसात गरि हरेक हप्ता करिब ४ सय ५० देखि ५ सय जनालाई भोजन गराउने काम गरिरहेका छन् ।
गुप्ताले भने सर्वसाधारणले सेवाबाट लाभ लिँदै आएको र दिन दुखी असहायको पेट भरपेट खान खुवाएर उनिहरुको अनुहारमा खुशी आएको हासी खुशी देखेर आफुहरु लाई निकै खुशी लाग्ने र गौरवान्वित महसुस भएको बताए ।भोजन कार्यक्रममा उपाध्यक्ष युवा समाजसेवी मनोज रौनियारले दिनदुखी असहायको सेवा सहयोग नै ठूलो धर्म र कर्म भएकोले नै यो निशुल्क भोजन खुवाउन शुरु गरेर आज सम्म सेवा कार्य जारी राखेका छौ र हाम्रो यो अभियानमा सेवा सहयोग हातेमालो गर्न इच्छुक सम्पुर्णलाई स्वागत गर्दै सबैलाइ मानवताको ब्यवहार देखाउन आग्रह गरेका छन् ।
निशुल्क भोजनमा शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, लौका हालिएको दाल,आलु परवलको तरकारी र हरियो खुर्सानीको अचारहरु वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थियो। निशुल्क भोजन कार्यक्रममा समाजका उपाध्यक्ष मनोज प्रसाद रौनियार,सदस्यहरू मदन प्रसाद गुप्ता,लालबाबु सिंह , निसान्त लाठ,हरेन्द्र महतो,कल्पना किङरिङ ,साचे मगर ,राज सराफ,अनिश सराफ लगायतको विशेष उपस्थित रहेको थियो ।