आनन्द पटेल
तराई–मधेशवासीहरूको महान आस्था र सूर्य उपासना पर्व छठ पूजाको अवसरमा वीरगन्जको घडीर्वा पोखरीमा तयारी अन्तिम चरणमा पुगेको छ। आज आयोजित पत्रकार सम्मेलनमा घडीर्वा छठ पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूले भोलि हुने मुख्य पूजा कार्यक्रममा करिब १ लाख ५० हजार श्रद्धालु भक्तजनहरू उपस्थित हुने अनुमान गरेको जानकारी दिएका छन्। समितिका अध्यक्ष राकेश साह कानुले भक्तजनहरूको सहज आवागमन, सरसफाइ, बत्ती, ध्वनि, सुरक्षासहित सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। उनले भने — “घडीर्वा पोखरीमा यस वर्ष छठ पर्व ऐतिहासिक र अनुकरणीय बनाउन सबै व्यवस्थापन पक्ष तयार छ।”

पत्रकार सम्मेलनमा कोषाध्यक्ष कन्हैयालाल गुप्ताले समितिको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै पूर्ण पारदर्शितासहित हिसाब सार्वजनिक गरेका छन्। उनका अनुसार, आर्थिक वर्ष २०८२र०८३ मा समितिले जम्मा आम्दानी रू। २,६०,७७५५ र०० र खर्च रू। २,३०,८०००र ०० गरेको छ। त्यस अनुसार समितिसँग रू। २,९९,७५५र०० को बचत रहेको छ। छठ पर्वमा भीड नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा विशेष सुरक्षा योजना लागू गरिएको समितिले जनाएको छ। पोखरी वरिपरि सीसी क्यामेरा, मेडिकल टोली र स्वच्छता टोली पनि परिचालन गरिएको छ ।
अध्यक्ष राकेश साह कानुले सबै भक्तजनहरूलाई शान्तिपूर्ण वातावरणमा श्रद्धा, भक्ति र आस्थाका साथ छठ पर्व मनाउन आग्रह गर्दै भने —“छठी मइया सबैको कल्याण गरुन्, र यो पर्वले वीरगन्जमा एकता, सद्भाव र धार्मिक समृद्धिको सन्देश फैलाओस्।”