काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक मा उल्लेख्य वृद्धि देखिएको छ ।
बजार परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर २६३१ दशमलव १४ विन्दुमा पुगेको छ । नेप्सेमा परिसूचकसँगै कारोबार रकममा पनि ठूलो उछाल आएको छ । आज बजारमा ९ अर्ब १० करोड रुपैयाँ को कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनको (७ अर्ब ५१ करोड) भन्दा झण्डै डेढ अर्ब रुपैयाँले बढी हो । आज बजारमा १९८ कम्पनीको मूल्य बढ्यो । ५० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
ट्रेडिङ सेक्टर बाहेक बजारका सबै समूहको सूचक बढेको छ । यसमध्ये फाइनान्स क्षेत्र मा ५ दशमलव १७ प्रतिशत र जीवन बीमा क्षेत्र मा ४ दशमलव ३५ प्रतिशतभन्दा माथिको बलियो वृद्धि देखिएको छ ।
सर्किट लागेका कम्पनीहरूको भीड
बजारमा आज ५ कम्पनीको मूल्य १० प्रतिशतसहित सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, सञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट लेभलमै बढेका छन् । यता, सबैभन्दा धेरै गिरावट भने खानीखोला हाइड्रोपावर को ४.७६ प्रतिशतले भएको छ ।
कारोबारका आधारमा आज पनि हिमालयन बैंकको प्रोमोटर सेयर ले नेतृत्व गर्यो, जसको १ अर्ब ६६ करोड रुपैयाँको कारोबार भयो । युनियन हाइड्रोपावरको ३४ करोड र वुटवल पावर कम्पनीको २५ करोड रुपैयाँको कारोबार भएको छ ।