बिरगंज : बिपिएस पल्स २ कलेज रानीघाटको आयोजनामा कक्षा–११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै शुक्रबार होटल भिस्वामा वेलकम कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी सिडियो भोला दहाल रहेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत, नृत्य, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। कलेजका शिक्षक, शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा अतिथिहरूलाई खादा, माला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
प्रमुख अतिथि सिडियो दहालले नयाँ विद्यार्थीहरूलाई शुभकामना दिंदै भने शिक्षा व्यक्तित्व विकास र भविष्य निर्माणको आधार हो। कलेज जीवनमा प्राप्त ज्ञान र अनुशासनले नै सफलताको मार्ग तय गर्छ। युवापुस्ताले सकारात्मक सोच, लगनशीलता र जिम्मेवारीसहित अघि बढ्न सके समाज तथा राष्ट्र विकासमा महत्वपूर्ण योगदान दिन सक्छन्।उहाँले कलेज प्रशासनलाई यस्ता शैक्षिक तथा प्रेरणादायी कार्यक्रम निरन्तर गर्नुका साथै विद्यार्थीहरूलाई सिर्जनशील र उत्तरदायी नागरिकका रूपमा विकसित गर्न आग्रह गरे।
कलेजका निर्देशक दिपक पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिमा जेसिस बिरगंजका अध्यक्ष सरोज चौरसिया, मानवसेवा आश्रम बिरगंजका संस्थापक अभियन्ता देवेश प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका स–सचिव एसके चौरसिया, अभिलाष गुप्ता, राकेश साह, आरोहन साह, प्रहलाद चौरसिया, कन्हैया पटेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, संचारकर्मी अभिनाश अधिकारी, राजेन्द्र सिंह, राजु बैठा, रोशन साह, राज कुमार, सुर्यानारायण बिक लगायत व्यक्तिहरूको पनि सहभागिता रहेको कलेजले जनाएको छ। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलेजका निर्देशक सन्दिप कुश्वाहाले सम्हालेका थिए।