वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ ज्योतिनगरस्थित लिटिल एन्जल्स स्कुलले नेपालीहरूको महान् पर्व दीपावली तथा छठको अवसरमा सम्पूर्ण वीरगञ्जवासी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।
विद्यालयका निर्देशक मनि पाख्रिङले विगत चार दशकदेखि विद्यालयप्रति अभिभावक, विद्यार्थी तथा वीरगञ्जवासीले देखाउँदै आएको विश्वास, साथ र मायाप्रति आभार व्यक्त गरेका छन्। उनले यही विश्वास र सहयोगले विद्यालयको शैक्षिक यात्रालाई निरन्तर अघि बढ्न प्रेरणा प्रदान गरिरहेको बताएका छन्।
दीपावली तथा छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गर्दै उनले विद्यार्थी, अभिभावक, इष्टमित्र तथा शुभचिन्तकहरूमा पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
त्यसैगरी विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिङले दीपावलीका सप्तरङ्गी रङहरूले जीवनलाई सुन्दर बनाएझैँ नेपाली समाज पनि विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिले सजिएको सुन्दर फूलबारी भएको उल्लेख गरेका छन्।
उनले विविधतामा एकता नै नेपाली समाजको विशेष पहिचान भएको बताउँदै सबैले एकअर्काको धर्म, संस्कृति, परम्परा र आस्थाको सम्मान गर्दै आ–आफ्ना चाडपर्व हर्षोल्लास तथा आपसी सद्भावका साथ मनाउन आग्रह गरेका छन्।
विद्यालय परिवारले दीपावली तथा छठ पर्वले समाजमा आपसी भाइचारा, प्रेम, सद्भाव र एकतालाई थप बलियो बनाउँदै सबैको घरपरिवारमा सुख, शान्ति, समृद्धि र खुसी छाओस् भन्ने कामना गरेको छ।