वीरगञ्ज। बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलले नेपालीहरूको महान् पर्व दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण वीरगञ्जवासी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले विद्यालयप्रति अभिभावक, विद्यार्थी तथा वीरगञ्जवासीले देखाउँदै आएको विश्वास, साथ र मायाप्रति आभार व्यक्त गर्दै यही विश्वासले विद्यालयको शैक्षिक यात्रालाई निरन्तर अघि बढ्न प्रेरणा प्रदान गरिरहेको बताउनुभएको छ।
उहाँले दीपावली तथा छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गर्दै सम्पूर्ण विद्यार्थी, अभिभावक, इष्टमित्र तथा शुभचिन्तकहरूमा पर्वको हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल श्रीवास्तवले दीपावलीका सप्तरङ्गी रङहरूले जीवनलाई सुन्दर बनाएझैँ नेपाली समाज पनि विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिले सजिएको सुन्दर फूलबारी भएको उल्लेख गर्नुभएको छ।
उहाँले विविधतामा एकता नै नेपाली समाजको विशेष पहिचान भएको बताउँदै सबैले एकअर्काको धर्म, संस्कृति, परम्परा र आस्थाको सम्मान गर्दै आ–आफ्ना चाडपर्व हर्षोल्लास तथा आपसी सद्भावका साथ मनाउन हार्दिक अपिल गर्नुभएको हो।
विद्यालय परिवारले यस पर्वले समाजमा आपसी भाइचारा, प्रेम, सद्भाव र एकतालाई अझ बलियो बनाउँदै सबैको घरपरिवार उहाँले विविधतामा एकता नै नेपाली समाजको विशेष पहिचान भएको बताउँदै सबैले एकअर्काको धर्म, संस्कृति, परम्परा र आस्थाको सम्मान गर्दै आ–आफ्ना चाडपर्व हर्षोल्लास तथा आपसी सद्भावका साथ मनाउन हार्दिक अपिल गर्नुभएको छ।
विद्यालय परिवारले यस पावन पर्वले समाजमा आपसी भाइचारा, प्रेम, सद्भाव र एकतालाई अझ बलियो बनाउँदै सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गरेको थियो ।