काठमाडौं । लगातार घटेको छैटौं कारोबार दिनपछि सातौं दिनमा सेयर बजार सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७:३९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६१४ अंकमा कायम भएको छ ।
बजार दिउँसो २ : ५४ बजे २६०६ अंकमा झरेकोमा अन्तिम ६ मिनेटमा बढेको हो । आजका लागि बजारको न्यूनतम अंक नै २६०६ अंक रह्यो । १२ : २० बजे नेप्से २६२० अंकसम्म पुगेको थियो ।
आज १४८ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने ९ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो ।
बैंकिङ ०.१२, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०:१७ तथा व्यापार ०.०१ प्रतिशत घटे । विकास बैंक ०.३१, फाइनान्स ०.४०, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२ तथा उत्पादनरप्रशोधन ०.५३ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक, माथिल्लो मैलुङखोला जलविद्युत् छन् । त्यस्तै स्वेतगंगा हाइड्रोपावरको ८.७६, सुपरमादी हाइड्रोपावरको ८.१० प्रतिशत मूल्य बढ्यो ।
हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ३,८८ प्रतिशत घट्यो । मिथिला लघुवित्तको ३.४६, कालिका लघुवित्तको ३.३२ तथा लक्ष्मी सनराइज बैंकको २.५९ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, लक्ष्मी सनराइज बैंक, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स छन् ।