काठमाडौँ । एक दर्जनभन्दा बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
आज सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ ।
मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् ।
प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । ७ वाणिज्य बैंकहरूले ९सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक० मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् । सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ ।
पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् । –न्युज एजेन्सी नेपाल
मुद्दती निक्षेपको अधिकतम ब्याजदर
|
बैंकहरु
|
कात्तिक
|
मंसिर
|
पुस
|
|
नबिल
|
४.९५
|
४.७५
|
४.५५
|
|
नेपालइन्भेष्टमेन्टमेगा
|
५.२५
|
५
|
५
|
|
माछापुच्छ्रे
|
५
|
५
|
५
|
|
हिमालयन
|
६
|
५.५०
|
४
|
|
नेपालएसबिआई
|
५
|
४.८०
|
४.५५
|
|
एभरेष्ट
|
५
|
५
|
४.७५
|
|
एनआईसीएसिया
|
५.७५
|
५
|
५
|
|
स्ट्यान्डर्डचार्टर्ड
|
५
|
४.७०
|
४.६०
|
|
लक्ष्मीसनराइज
|
५
|
५
|
४.७५
|
|
कुमारी
|
४.०१
|
४.९१
|
४.५३
|
|
सिद्धार्थ
|
५.५
|
५
|
५
|
|
सानिमा
|
५.१५
|
५
|
३.७५
|
|
एनएमबि
|
५
|
५
|
५
|
|
प्रभु
|
४.९५
|
४.९५
|
४.५५
|
|
ग्लोबलआइएमई
|
६
|
६
|
५.५०
|
|
सिटिजन्स्
|
५
|
४.७५
|
४.७५
|
|
प्राइमकमर्सियल
|
५
|
४.७५
|
४.२५
|
|
कृषिविकास
|
४.९५
|
४.७०
|
४.५५
|
|
नेपालबैंक
|
५.२५
|
५.२५
|
५.१०
|
|
राष्ट्रियवाणिज्यबैंक
|
५.५
|
५.५
|
४
|