काठमाणडौ – अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले पोखरामा हुने साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । यही माघ १७ देखि २४ गतेसम्म पोखरा रङ्गशालामा हुने च्याम्पियनशिपका लागि एन्फाले २३ सदस्यीय नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेको हो ।
टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, माया मास्के, मीनमाया श्रेष्ठ, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, निर्मला आचार्य र प्रजिता राई छन् ।
यस्तै, पूर्णिमा ताडी, सारा लिम्बू, सवनम राई, सलोनीकुमारी चौधरी, सङ्गीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशीला केसी र यमकुमारी विक पनि टोलीमा छन् । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी हुनेछन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।