वीरगञ्ज — जीवन ज्योति सेकेन्डरी स्कुलका सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताले आफ्नी आमाको सम्झनामा ज्ञानुदेवी मेमोरियल जुनियर फुटबल कप प्रतियोगिता आगामी फागुन २१ देखि २७ सम्म सञ्चालन गर्ने जानकारी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको छ।
प्रिन्सिपल गुप्ताले पत्रकार सम्मेलनमा बताएअनुसार, आफ्नी स्वर्गीय आमा ज्ञानुदेवीको नाममा हरेक वर्ष विभिन्न असाहाय तथा विपन्न व्यक्तिहरूलाई सहयोग गर्दै आएकोमा यस वर्ष पहिलो संस्करणको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
उहाँले जनाउनुभयो प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता गराउने प्रयास गरिएकोमा अन्ततः १६ वटा विद्यालयहरू उत्साहित भएर सहभागी भएका छन्। प्रतियोगितामा सहभागी हुने विद्यालयहरूमा जीवन ज्योति सेकेन्डरी स्कुल, माउन मकालु बोर्डिङ स्कुल, सनलाइन स्कुल, फ्लावर आरएस ग्यालेक्सी स्कुल, मनकामना स्कुल, सनसाइन बोर्डिङ स्कुल, मालनी एकेडेमी, विद्या सदन सेकेन्डरी स्कुल, ओम नेसनल एकेडेमी लगायत रहेका छन्।
पत्रकार सम्मेलनमा सिनियर कोर्डिनेटर चन्दन सिंह, कोर्डिनेटर एवं शिक्षिका दीपा थापा कउयचत, प्रशिक्षक प्रदीप तिवारी, सहजकर्ता उज्ज्वल घिमिरे लगायतको उपस्थिती रहेको थियो।
प्रिन्सिपल गुप्ताले सो प्रतियोगिता माध्यमबाट युवाहरूमा खेलप्रतिको रुचि विकास गर्ने र सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए।