ठोरी (पर्सा) । पतञ्जली योग ठोरीको तदर्थ समिति गठन गरिएको छ। आज सम्पन्न भेलाबाट फुर्वा लामाको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरिएको हो।
गठन भएको समितिको उपसंयोजकमा सावित्री श्रेष्ठ चयन भएकी छन् भने महासचिवको जिम्मेवारी नारायण लामालाई दिइएको छ। त्यसैगरी कोषाध्यक्षमा माधव तिमल्सिनालाई चयन गरिएको छ।
समितिका सदस्यहरूमा सन्तोष बस्नेत, सरला श्रेष्ठ, फुलमति श्रेष्ठ, सोम दोङ, पार्वती तामाङ, राम श्रेष्ठ, गोपीलाल श्रेष्ठ, सुरेन्द्र लामा, सरिता बुढाथोकी, भूपाल दौल्याल, मिना लामा, विष्णुमाया तामाङ र रामकृष्ण पौडेल रहेका छन्।
त्यसैगरी समितिको सल्लाहकारमा अशोक श्रेष्ठ तथा द्ल व स्याङ्वोलाई चयन गरिएको छ।
भेलामा योग, स्वास्थ्य र अनुशासित जीवनशैलीलाई समाजमा फैलाउने उद्देश्यका साथ समिति गठन गरिएको बताइएको छ। नवगठित समितिलाई सहभागीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यगत एकता र योगमार्फत जीवन सफलताको कामना गरेका छन्।
उक्त सम्पूर्ण जानकारी बिङ नेपालीका अध्यक्ष तथा योग शिविरका सहायक योग प्रशिक्षक लीलामणि श्रेष्ठले दिएका हुन्। उनले पतञ्जली योगमार्फत समुदायमा शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्ने लक्ष्यसहित आगामी दिनमा विभिन्न योग अभ्यास तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।