वीरगञ्ज, पर्सा — प्रतिनिधिसभा निर्वाचन क्षेत्र पर्सा–१ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी का पर्सा जिल्ला सभापति हरि पन्त लाई गहवा र रामटोल क्षेत्रका बासिन्दाले व्यापक समर्थन जनाएका छन्।
आज आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सयौं स्थानीयको सहभागिता रहेको थियो। गहवा र रामटोलबासीहरू ठूलो संख्यामा उपस्थित भई पन्तप्रति समर्थन व्यक्त गरेका हुन्। कार्यक्रमका क्रममा स्थानीयले घर–घरबाट घण्टी बजाएर स्वागत गरेका थिए भने उम्मेदवार पन्तलाई टीका, माला तथा पुष्पगुच्छा प्रदान गर्दै शुभकामना व्यक्त गरेका थिए।
स्थानीय बासिन्दाले यसपटक परिवर्तनको पक्षमा उभिने अठोट व्यक्त गर्दै पन्तलाई जिताउन प्रतिबद्ध रहेको बताएका छन्।
घरदैलो कार्यक्रम स्थानीय युवाहरू निरज गुप्ता, सुमित कादमिया, अभिनाश गुप्ता, विकास गुप्ता, छोट्टु साह, राजु साह, प्रदीप गुप्ता, दीपक कुशवाह, आकाश गुप्ता, साहिल, अजय साह, करण साह, सन्तोष खेतान र रोशन खेतान लगायतको नेतृत्वमा सम्पन्न भएको जनाइएको छ।