वीरगंजलो । नेकपा एमालेका एमालेका उम्मेद्वार प्रदीप यादवले हार स्वीकार गरेका छन उनले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफ्ना प्रितद्वन्दी हरि पन्तलाई बधाई दिएका छन ।
उनले फेसबुकमा लोकतन्त्रको सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा निहित हुन्छ। यही विश्वासका साथ मैले नेकपा(एमाले) पर्सा निर्वाचन क्षेत्र न.१ सूर्य चुनाव चिह्न बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी भएको थिएँ।
यसपटक अपेक्षित परिणाम हासिल गर्न नसके पनि निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु भनेर लेखेका छन। जनताको निर्णय सधैं मेरो लागि मार्गदर्शक रहनेछ। यस निर्वाचन यात्रामा मलाई माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवाशक्ति तथा शुभेच्छुकहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गरेका छन ।
नले तपाईंहरूको साथ, प्रेरणा र भरोसाले मलाई सधैं उत्साहित बनाइरहेको छ। निर्वाचन अभियानमा दिनरात खटिनुहुने सबै साथीहरू र सहयोगीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछु।
तपाईंहरूको मेहनत, समर्पण र साथले यो यात्रा अर्थपूर्ण बनाए भन्कोदै यसपटक विजय हासिल गर्नु भएका राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पंत (हरि पन्त) ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु भनेका छन।
क्षेत्र र राष्ट्रको हितका लागि उहाँले उत्कृष्ट कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। निर्वाचनमा हार भए पनि जनताको सेवा गर्ने मेरो प्रतिबद्धता अडिग रहनेछ। समाज र राष्ट्रको समृद्धिका लागि म निरन्तर समर्पित रहनेछु। फेरि एकपटक सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद दिएका छन ।