काठमाडौँ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्ना मातहतका विभिन्न सार्वजनिक निकायमा कार्यरत २० जना पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ को दफा ९२० को उपदफा ९१० बमोजिम ती पदाधिकारीहरूलाई पदमुक्त गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार यो निर्णय २०८३ वैशाख १९ गतेदेखि नै लागू हुने गरी गरिएको छ ।
कुन निकायबाट को–को पदमुक्त भए ?
बैभन्दा धेरै पदाधिकारी नेपाल इन्जिनियरिङ परिषद्बाट हटाइएका छन् । परिषद्का अध्यक्ष डा. पदम बहादुर शाही, उपाध्यक्ष इ. डा. विकास अधिकारी र रजिष्ट्रार इ। ध्रुव राज भट्टराईसहित १० जना सदस्यहरू पदमुक्त भएका छन् । पदमुक्त हुने सदस्यहरूमा विनोद बहादुर पाल, अम्बिका महत, इ. डा. लेखनाथ पाण्डे, डा. राममणी अधिकारी, निर्जला श्रेष्ठ चौधरी, श्याम किशोर यादव, लैला श्रेष्ठ, देव राज जोशी, इ. डा. रेस्मा श्रेष्ठ र इ. शम्भु बहादुर श्रेष्ठ रहेका छन् ।
यसैगरी, सडक बोर्ड नेपालका चार जना सदस्यहरूलाई पनि पदमुक्त गरिएको छ । पदमुक्त हुनेहरूमा वसन्त अधिकारी, माधव प्रसाद तिमिल्सिना, इ. राजेन्द्र कुमार वि.सी. र बेनु प्रसाद सिवाकोटी रहेका छन् । त्यस्तै, नेपाल रेल्वे बोर्डबाट रेल्वे प्रशासक वलराम मिश्रसहित सदस्यहरू स्वीकृति शर्मा र मुस्ताक अन्सारीलाई जिम्मेवारीबाट हटाइएको छ ।