२३ वैशाख, काठमाडौं । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ
विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतस् पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । महासंघको ६०औं साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।
उपाध्यक्षमा को–को निर्वाचित ?
यस पटक जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । उनीहरूले क्रमशस् ८७ र ८० मत पाए । उनीहरूका प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरेले क्रमशस् ५७ र ३४ मत पाए ।
वस्तुगततर्फ निर्वाचित हुने एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए । उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए । एसोसिएटतर्फ एक उपाध्यक्ष निर्वाचित हुने प्रावधान छ । जसमा प्रबलजंग पाण्डे विजयी भए । उनले १ हजार ७९ मत ल्याउँदा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत पाइन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य (खुला)
जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित हुने प्रावधान छ । जसमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।
जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ दुई महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई निर्वाचित भए । प्रदेशतर्फ जिल्लारनगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भए ।
जस अनुसार कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन् ।
गण्डकी प्रदेशबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन् ।
वस्तुगत समूह सदस्य
वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् । जस अनुसार अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान र संघर्ष विष्ट विजयी भएका छन् ।
यसैगरी सागर ढकाल र होमप्रसाद घिमिरे समेत विजयी भएका छन् । वस्तुगततर्फ ४ जनाले भने समान ५०र५० मत पाएर बराबर भएका छन् । वस्तुगतमा एक महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन् । वस्तुगत महासंघबाट कार्यसमिति सदस्य दुई निर्वाचित हुनुपर्नेमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भए ।
एसेसिएट कार्यसमिति सदस्य
एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भए । जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने विजयी भए ।
यसैगरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छासमेत विजयी भएका छन् ।
एसोसिएट महिलामा २ कार्यसमिति सदस्य निर्वाचित भए । जसमा अभिज्ञा मल्ल र जुना माथेमा छ्न् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक कार्यसमिति सदस्य निर्वाचित हुने प्रावधान अनुसार मनोज पौडेल विजयी भए ।
संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्य निर्वाचित भए । जसमा गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ विजयी भए ।