काठमाडौँ, २० जेठ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी लक्ष्मण दर्नाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नरभूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भीमबहादुर बिक र सरिता बराइली निर्वाचित भएका छन् । महासचिवमा करण ताम्राकार निर्वाचित भएका छन् भने सचिवहरूमा राजेश कुमार पासवान, बसन्त विश्वकर्मा, चिन्ता परियार र बसन्त विश्वकर्मा चयन भएका छन् । कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार र पिवि दियाली निर्वाचित भएका छन् ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष विनोद पहाडीले संस्थाको उद्देश्यअनुसार अघि बढ्न आग्रह गरे ।