वीरगञ्ज– पर्सास्थित विद्या सदन माध्यमिक विद्यालयमा आज अन्तर सदन चित्रकला, हस्तलेखन तथा वक्तृत्वकला प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा सिर्जनशीलता, सुलेखन क्षमता तथा प्रभावकारी वक्तृत्वकलाको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताअन्तर्गत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता, कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरूका लागि अंग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिता र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप चोकोफन वितरण गरिएको थियो भने प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र तथा चोकोफन प्रदान गरी सम्मान गरिएको थियो। पुरस्कार विद्यालयकी हेड म्याम श्रीमती उमा गुरुङ तथा सम्बन्धित संयोजक शिक्षिकाहरूद्वारा वितरण गरिएको थियो।
चित्रकला प्रतियोगिताका संयोजक शिक्षिकाहरू श्रीमती पूजा कुमारी साह र श्रीमती मीनल सिंह, हस्तलेखन प्रतियोगिताकी संयोजक शिक्षिका श्रीमती शान्ता पाण्डेय अन्सारी तथा वक्तृत्वकला प्रतियोगिताका संयोजक शिक्षिकाहरू श्रीमती सृजना चौधरी र श्रीमती आश्मिता कुमारी झा रहनुभएको थियो।
प्रतियोगिताको नतिजा
चित्रकला प्रतियोगिता
समूह ‘A’ (नर्सरी–एल.के.जी.)
प्रथम : एतिशा गुप्ता (एल.के.जी. C, रोल नं. २७)द्वितीय : फरहान अख्तर (एल.के.जी. B, रोल नं. २)तृतीय : महम ताहिर (एल.के.जी. B, रोल नं. २९)
समूह ‘B’ (यू.के.जी.–कक्षा १)
प्रथम : सुशान्त कुमार ठाकुर (१ C, रोल नं. २)द्वितीय : हर्सिका ठाकुर (१ A, रोल नं. ३)तृतीय : सिमरन कुमार गुप्ता (यू.के.जी. B, रोल नं. ४)अंग्रेजी हस्तलेखन प्रतियोगिता
समूह ‘A’ (कक्षा २–३)
प्रथम : सबान मनसुरी (३ B, रोल नं. ४)
द्वितीय : प्रतीक्षा चौधरी (२ B, रोल नं. ७)
तृतीय : राजनन्दनी सर्राफ (३ A, रोल नं. २)समूह ‘B’ (कक्षा ४–५)
प्रथम : राजवीर चौधरी (४ A, रोल नं. ३४)
द्वितीय : सोनम कुमारी गुप्ता (४ A, रोल नं. २)तृतीय : दिव्यानी कुमारी राम (५ B, रोल नं. ३)नेपाली हस्तलेखन प्रतियोगिता (कक्षा ४–५)प्रथम : साहिन खातुन (५ B, रोल नं. ४)द्वितीय : आरजू मनसुरी (५ B, रोल नं. १२)तृतीय : आरुषी कुमारी मण्डल (५ A, रोल नं. ५)वक्तृत्वकला प्रतियोगिता (कक्षा ६–१०)प्रथम : खुश्बु पण्डित (८ B, रोल नं. ३१)द्वितीय : नेहा पण्डित (७ A, रोल नं. १)
तृतीय : अफ्रिना खातुन (८ A, रोल नं. १)
कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक श्री लाल बहादुर गुरुङले सम्पूर्ण विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सहभागी सबै विद्यार्थीहरूको उत्साह, आत्मविश्वास र प्रतिभाको प्रशंसा गर्नुभयो। उहाँले प्रतियोगितामा सहभागिता नै सिकाइ र सफलताको महत्वपूर्ण आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा ज्ञानवर्द्धक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।
साथै उहाँले आगामी २०८३ साल असार १९ गते नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरूका लागि “स्पिड स्टार च्याम्पियन”, कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरूका लागि “बाघ चाल” तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि “चेस प्रतियोगिता” आयोजना गरिने जानकारी दिनुभयो।