क्रियाशील युवा पत्रकार मञ्च नेपालको आयोजनामा शनिबार चौथो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको घण्टाघर चौकमा आयोजित रक्तदान कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल रहनु भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि खनालले रगत संकलन गर्ने पोका हस्तान्तरण गर्दै गरेका थिए ।
रक्तदान गर्नेहरूमा राकेश कुमार साह, आरोहण साह, पूजा साह, ज्ञान्ती पटेल, माधुरी महतो, मुनेश पटेल, अनिश पटेल, मुकेश पटेल, आदित्य शर्मा, दीपेन्द्र पटेल, बीपीएस प्लस कलेजका सञ्चालक दीपक पटेल, स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल, समाजसेवी वृजकिशोर चौधरी, आनन्द पटेल, समाजसेवी राजेन्द्र भट्टराई, अरविन्द पटेल, पप्पु साह, प्रताप पटेल, अनुज पटेल, रञ्जय पटेल, विशेष दुबेदी, जितेन्द्र साह, सुनिल साह, सुर्यप्रताप पटेललगायत ६० जना रहेको महासचिव राकेश साहले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुलमहम्मद मियाँ, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख, सौरभराज पाण्डे,युवा समाज पिपराका अध्यक्ष अनिल पटेल बृजेश चौधरीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा भएको उल्लेख गरेका थिए । उनीहरूले रगतको अभावका कारण कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए । साथै युवाहरूलाई सामाजिक सेवामा अग्रसर हुँदै नियमित रक्तदान गर्न आग्रह समेत गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गर्दै रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक चेतना फैलाउन युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता,महासंघका सह सचिव एस.के चौरसिया,पत्रकार बिजय चौहान, निरज पिठाकोठे, अजित भुजेल,जगत राई ।निरज पिठाकोठे, राजन रौनियार,शम्भु शुमन,संजय यादव लगायतको विशेष उपस्थिति रहेको थियो । आयोजक संस्थाले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि, स्वयंसेवक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
